नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ (FEDCON) को केन्द्रीय समिति बिस्तार गरियो

नेपाली काँग्रेसको सुभेच्छुक संगठन नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ(FEDCON )का अध्यक्ष गोविन्दप्रसाद शर्माले सो महासंघको केन्द्रीय समिति विस्तार गरेको बताउनु भएको छ । विधानमा उक्त महासंघको केन्द्रीय समिति सातै प्रदेशबाट कूल ३१ सदस्यीय सम्म रहन सक्ने व्यवस्था भएपनि ४ सदस्य पछि थप गर्ने गरी हाल सो समिति २७ सदस्यी बनाएको उहाँको भनाई छ । सो समितिको अध्यक्ष : गोविन्दप्रसाद शर्मा – बागलुङ , महासचिव : भक्तराज भुषाल – काठमाडौं , कोषाध्यक्ष : यज्ञश्वर पोखरेल – कास्की , प्रवक्ता : कमलराज अधिकारी काठमाडौं र सदस्यहरु क्रमश : पदमनाथ सापकोटा – बागलुङ , डिल्लीराम तिवारी – कास्की , लेखनाथ पौडेल – बागलुङ , सरोजकुमार श्रेष्ठ – म्याग्दी , लालप्रसाद अर्याल – गोरखा , तोयानाथ चालिसे – चितवन , भरत शर्मा – स्याङ्जा , एकनारायण उपाध्याय- काठमाडौं , भगवती काफ्ले -गुल्मी , लेखबहादुर राई- ओखलढुङ्गा , शिवगोपाल थापा – ललितपुर , दीपकप्रसाद पौडेल – काभ्रेपलाञ्चोक , यामबहादुर थापा – गुल्मी , सूर्य गुरुङ्ग – कास्की , लक्ष्मी वली- झापा , केदारनाथ गौतम – काठमाडौं , बुद्धीमान गौडेल – पर्वत , केदारनाथ पाठक – नुवाकोट , टीकानिधि काप्री – धादिङ , दीपककुमार पौडेल – अर्घाखाँची , पवित्राकुमारी शर्मा- सर्लाही , शम्भुनाथ यादव – महोत्तरी र पदमबहादुर कार्की – उदयपुर रहनु भएको छ ।
बाँकी ४ सदस्य थप गरेपछि उक्त महासंघको केन्द्रीय समितिको रिक्त रहेको उपाध्यक्ष , सचिव , सह-कोषाध्यक्ष , विभागीय प्रमुख , प्रदेश प्रमुख लगायतका पदपूर्ति गरिने उहाँको कथन छ ।
नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ केन्द्रीय समितिको बैठक माउन्टेन फुडल्यान्ड , माउन्ट धौलागिरी कम्प्लेक्सको सभा हल सानो भ-याङ् रिङ्गरोड ( अन्नपूर्ण चोक) काठमाडौंमा २०७६ भाद्र १३ गते संगठन बिस्तार , भेला तथा गोष्टि , सदस्यता वृद्धि , ७ वटै प्रदेशका समितिहरु बिस्तार र केन्द्रीय बिभागहरु पुनर्गठन लगायतका निर्णय गर्नको लागि २०७६भदौ १३ गतेका दिन अपरान्ह ३ :३० बजे बस्ने उक्त महासंघका अध्यक्ष शर्माले सहकारी सञ्जाललाई बताउनुभयो । उक्त महासंघको बारेमा अध्यक्ष शर्माको थप भनाई यस प्रकार छ ।
(१) सल्लाहकार समिति आगामी बैंठकले बिशिस्ट ब्यक्तिहरु मध्ये बाट चयन गर्नेछ । (२ ) Fedcon केन्द्रीय समिति काठमाडौं नेपाल , Fedcon Nepal को प्रदेश , जिल्ला समिति र स्थानीय तहहरुमा समेत कार्य समिति रहनेछन्। (३) हालका ७ वटा प्रदेशमा प्रदेश कार्यसमिति हुनेछन् । (४) जिल्ला हरुमा जिल्लास्तरीय कार्यसमितिहरु हुनेछन् । (५) स्थानीय तहहरुमा Fedcon को ईकाई समिति हुनेछन् । (६) नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्थाका रूपमा रहेर लोकतन्त्र सम्बन्धी अध्ययन ,अनुसन्धान गर्दै नेपाली काँँग्रेसलाई सहयोग गर्ने नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको मुख्य ध्यय रहेको छ। (७) महासंघ लाई २०५६ सालदेखि हालसम्म सहयोग पु-याउनु हुने सम्पूर्ण मित्रहरू , पार्टी केन्द्रीय नेताहरु, पूर्ब मन्त्रीहरू , बर्तमान तथा पुर्ब सांसदहरुलाई हार्दिक धन्यवाद दिईन्छ। (८) महासंघमा हाल जिल्ला सम्पर्क समिति , सम्पर्क सदन , प्रजातान्त्रिक समाज , सेवा समाज , सम्पर्क समाज आदि आबद्ध रहेको जानकारी गराईन्छ। (९) महासंघमा जिल्ला प्रतिनिधि सदस्य , आजिवन सदस्य , अध्यक्षले मनोनित गर्ने प्रतिनिधिहरु समेत अधिबेशन केन्द्रीय प्रतिनिधिहरु रहनेछन् । (१०) महासंघ २०५६ सालमा स्थापना भै २०५८ सालमा सम्बन्धित निकायमा दर्ता भएको लोकतान्त्रिक पद्धतिमा सहयोग पु-याउने संस्था हो ।