कुनै हस्तक्षेपद्वारा कालीगण्डकी डाईभर्सन निर्माण गर्ने कुरा अगाडि बढेमा त्यसको जनस्तरबाट अवरोध हुने अवस्था आउन सक्छ

0 Shares

– डा. मिठाराम विश्वकर्मा , विघटित संविधानसभा सदस्य

 

यतिबेला कालीगण्डकी डाईभर्सन निर्माण गर्ने चर्चा चलिरहेको छ । यो डाइभर्सन निर्माण गर्न रु. ८ खर्व जति खर्च लाग्छ भन्ने अपुष्ट भनाईहरु सुनिएको छ । यो डाइभर्सन निर्माणपछि ५ नं. प्रदेशको तराई क्षेत्रमा  पर्याप्त मात्रामा सिंचाई सुविधा पु-याउन सकिने कुरा सिन थालेको छ भने यसको विरोधका स्वर पनि सुनिएको छ । यसको विरोधमा रहने मध्येमा नेपाली काँग्रेसको तर्फबाट पर्वत क्षेत्र नं. १ बाट निर्वाचित पहिलो संविधानसभा सदस्य डा. मिठाराम विश्वकर्मा पनि हुनुहुन्छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले उहाँसँग यो सहितका समसामयिक विषयमा  कुराकानी गर्नु भएको थियो । जो यस प्रकार छ ।

१. आजकाल के गर्दै हुनुहुन्छ ?

~ म यतिबेला नेपाली काँग्रेसको सक्रिय राजनीति मै छु । राज्यको संघीय संरचना अनुरुप नेपाली काँग्रेसको सांगठानिक पुनर्संरचना कै काममा व्यस्त छु । यसकारणले व्यस्त हुनुपरो कि – नेपाली काँग्रेसभित्र सामान्य गुट , उट-गुटहरुद्वारा नेपाली काँग्रेसमा गलत सन्देश गइरहेको अवस्थामा हामी जस्तो तल्लो कार्यकर्ताहरु नेपाली काँग्रेस पहिला जस्तै होस् भन्ने चाहन्छौँ । नेपाली काँग्रेस मिलेर अगाडि बढ्नुपर्छ भन्ने अभियानले गर्दा पनि व्यस्त भइएको छ ।

२. गुट उप-गुटले नेपाली काँग्रेसलाई कता पु-याउला जस्तो लाग्छ तपाईलाई ?

~नेपाली काँग्रेसभित्र बेला बेलामा गुट उप-गुटका कुरा आउने गरेको महसुस गरिएको छ । यस्तो हुनुहुदैन किनभने यसले पार्टी संगठनलाई असर पु-याउछ ।

३. राज्यको तीनै तहका चुनावमा पराजित हुँदा पनि नेपाली काँग्रेसभित्र बुद्धि पलाएन भन्ने सुनिने गरिएको छ नि ?

~ वास्तबमा यो सत्य होइन । नेपाली काँग्रेस विजय या पराजयलाई सहजै स्वीकार्ने पार्टी हो । यसकारण यस्ता हल्लाले नेपाली काँग्रेस निराश छैन । नेपाली काँग्रेसको सम्लग्नता र नेतृत्वको सरकारले राज्यको तीनै तहको चुनाव गराउनु सामान्य कुरा चाहिँ थिएन , जुन नेपाली काँग्रेसले गरेर देखायो ।

४. अहिलेको देशको अवस्थालाई कसरी मुल्यांकन गरिरहनु भएको छ ?

~ हुनत: हामी जस्तो सक्रिय राजनीति गरेका व्यक्तिले कसैको व्यक्तिगत अवगुणहरु भन्न त सुहाउदैन तर यतिबेला नेपाल नितान्त राजनीतिक स्थायित्व नभएको अवस्थाभन्दा पनि तल पुगेको अवस्था देखिन्छ । यद्यपि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्पष्ट बहुमतद्वारा सरकार बनाएको छ तर यसको अनुभूति राज्यले पाउन सकेको छैन ।यतिबेला हत्या , अपहरण , बलात्कार , गुण्डागर्दी जस्ता कुराहरुले मुलुक अस्थिर हुँदा पनि सरकार कहाँ बसेको छ भनेर खोज्नु पर्ने अवस्था देखिन्छ । यतिबेला त झन भ्रष्टाचार यति धेरै मौलाएको छ ।  भ्रष्टाचारका कारण  विगत र बर्तमानमा सत्तासीन भएका व्यक्तिहरु टाउको उठाएर हिड्ने अवस्था नहुँदा पनि तिनले आफूलाई बहादुर नै ठानेका छन् ।

५. नेपाली काँग्रेसले पनि शसक्त प्रतिपक्षको भूमिका निभाउन सकेन भन्ने स्वरहरु पनि सुनिन्छ नि ?

~ यो केही हदसम्म सत्य हो किनभने जति सरकारको जिम्मेवारी हुन्छ , त्योभन्दा बढी प्रतिपक्षमा बस्नेले देशको राष्ट्रिय हितमा मार्गदर्शन दिन सक्नु पर्दथ्यो  तर दिएको जस्तो देखिदैन । बरु आफैभित्रको आन्तरिक झगडालाई छताछुल्ला बनाउने काम प्रमुख प्रतिपक्षका साथीहरुबाट भएको छ । अर्को कुरा सरकारले प्रतिपक्षमा बसेको दललाई हाम्रो शत्रु नै हो भन्ने सोच नराखी आपसी सरसल्लाह अनुसार राष्ट्रिय मुद्धामा एकजुट हुनुपदर्छ ।

६. तपाई संविधानसभा सदस्य भएको समयमा तपाईबाट गरिएका स्मरणीय कार्य के हो भन्ने लाग्छ ?

~ म सभासद हुने अवस्थामा मुलुकमा त यस्तो डर लाग्दो संक्रमणकाल थियो कि त्यो कुरा मैले तपाईलाई बताउदा तपाईको प्रकाशनको सिङ्गो अंक नै यही कुराले भरिन्छ , तथापि त्यतिबेला माओवादीलाई नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा ल्याएर मुलुकमा एउटा भयरहित समाज बनाउन जुन भूमिका निर्वाह गर्नुभयो , यी कुराहरुले मलाई जहिलेसुकै दिमागमा एउटा अनौठो किसिमको उर्जा पाए जस्तो महसुस हुन्छ र त्यही विश्वासले नेपाली काँग्रेस कहिल्यै पनि कमजोर रुपमा प्रस्तुत हुन्छ जस्तो लाग्दैन ।

७.  तपाईहरुले मुलुकमा उपेक्षित जाती , वर्ग , क्षेत्र जस्ता विषयमा खासै चासो राख्नु भएन भन्ने सुनिन्छ नि ?

~ म जातीय , क्षेत्रीय जस्त विषयलाई उठान गरेर राजनीति गर्नु हुन्न भन्ने मान्यता राख्दछु , तैपनि संविधानका मौलिक अधिकारहरुले समेटेका कुराहरु राज्यका सम्बन्धित अंगहरुले त्यस्ता वर्गसम्म  पु-याउन नसकेको सत्य हो । जस्तो कि – नेपालको संविधानले छुवाछुतलाई पूर्ण रुपमा निषेध गरेको छ तर राज्यका अंगहरु के यस विषयमा संवेदनशील छन् त ? संवेदनशील भएको भए त सुनिने गरिन्थ्यो नि ! कही कतै छुवाछुतको नाममा विरोध गरिएको घटनासम्म सुनिन्छ ।

८.  तपाई गण्डकी प्रदेश भित्रको मतदाता हुनुहुन्छ । यतिबेला ‘गण्डकी सभ्यता बचाऔँ ” महाअभियान चलेको सुनिएको छ । यसबारेमा तपाईको धारणा के छ ?

~ गण्डकी प्रदेश अन्तर्गतको धौलागिरी क्षेत्रबाट काठमाडौंमा शिक्षा आर्जन या विभिन्न पेशा व्यवसाय गर्न आएका गोविन्दप्रसाद शर्मा , भक्तराज भुषाल जस्ता युवा अभियान्ताहरुले “गण्डकी सभ्यता बचाऔँ ” महाअभियान शुरु गरेको कार्य प्रसंशनीय छ किनभने कालीगण्डकी नेपालको त्यस्तो नदी हो , जसले धार्मिक तथा सांस्कृतिक महत्व मात्रै होइन कि संसार मै नपाइने शालग्राम यहाँ पाइन्छ । यस्तो कुरालाई संरक्षण गरौँ भन्ने कुरा प्रसंशनीय छ किनभने कालीगण्डकीबाट ढुङ्गा बालुवा निकाल्दा यसको प्राकृतिक संरचना बिग्रिन सक्छ । साथै कालीगण्डकीको करिडोरमा अव्यवस्थित बसोबास भयो भने कालीगण्डकी पनि काठमाडौंको टुकुचा जस्तै बन्न सक्छ । त्यसैले त्यसलााई रोक्नु पर्दछ । कालीगण्डकीको प्राकृतिक संरचना नविग्रियोस् भन्नको लागि प्रदेश नं. ४ र ५ त महत्वपूर्ण नै भयो । यतिमात्रै होइन – यसले प्रदेश नं. ३ लाई समेत अशर पु-याउछ ।

यसै सन्दर्भमा मैले सुनेको छु – कालीगण्डकीलाई डाइभर्सन गर्ने कुरा उठेको छ । यो कालीगण्डकीलाई कुनै पनि हालतमा डाईभर्सन गर्नु हुदैन तर सिंचाईको लागि कति पानी चाहिने हो ? कृषि भूमिलाई अध्ययन गरी कालीगण्डकीको प्राकृतिक संरचना नविग्रिने गरी पानी लान सकिन्छ । मलाई विश्वास छ – “गण्डकी सभ्यता बचाऔँ “महाअभियान कालीगण्डकी डाईभर्सन रोक्न सक्रियताका साथ उपस्थित हुनेछ । यतिमात्रै होइन , हाम्रा युवा अभियान्ता साथीहरुले कुरा उठाई सकेपछि स्पष्ट बहुमत प्रापत बर्तमान सरकारका नेता तथा मन्त्रीहरुले समेत कालीगण्डकी डाइभर्सनको कार्य गर्नु हुँदैन भनेको कुरा अखबारमा मैले पढेको छु । बिश्वासका साथ उहाँहरुले यो काम गर्नुभयो भने स्वागतयोग्य मानिने छ । यदी कुनै पनि हस्तक्षेपद्वारा कालीगण्डकी डाईभर्सन निर्माण गर्ने कुरा अगाडि बढेमा त्यसलाई रोक्न जनस्तरबाट अवरोध गर्न  बाध्य हुने अवस्था आउन सक्छ ।

९. कालीगण्डकी डाईभर्सनको विरोध चाहिँ किन गर्नु भएको नि ?

~ यो विषयमा राष्ट्रिय राजनीतिले मात्रै काम गरेको छैन । यसमा छुट्टै किसिमको इच्छा अरु कसैको हुन सक्छ । कसैको इच्छा अनुसार कालीगण्डकीको प्राकृतिक संरचना बिगारेर अरु कसैलाई फाइदा पु-याउने तर हामीलाई नोक्सान हुने  काम गर्नु हुदैन । एउटा कुरा भन्नै पर्ने हुन्छ – प्राकृतिक अनिष्ट भयो भने कालीगण्डकी डाईभर्सनले गर्दा नेपालको रुपन्देही जिल्लाका केही भूभाग डुवानमा पर्न सक्छन् । अहिले एकमुष्ठ कालीगण्डकीको पानी नारायणीमा मिसिएको हुँदा नारायणीको बहाव सानो बनाउन गरिएको खेल हुन सक्छ यो ।

१०.  अन्तमा केही भन्नु छ कि ?

~ खास गरी मानिसको जिन्दगी मृत्युदेखि चिहानसम्मको यात्रा हो । त्यो यात्रामा सबै मिलेर बस्न सके योभन्दा ठूलो कुरा केही हुन्न जस्तो लाग्छ ।

 

 

 

Leave a Reply