मिलीजुली साकोस , चरिकोटले मनायो आफ्नो २७ औँ स्थापना दिवस

0 Shares

दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा सञ्चालन भइरहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो केन्द्रीय कार्यालय र ७ वटा सदस्य सेवाकेन्द्रहरु मार्फत विभिन्न कार्यक्रम गरी यही भदौँ ७ गते आफ्नो २७औँ स्थापना दिवस मनाएको खबर प्राप्त भएको ज । सो अवसरमा उक्त संस्थाले ए.टी.एम.(ATM) सेवा सञ्चालन शुभारम्भ ग-यो । सोही अवसरमा उक्त संस्थाले ७० बर्ष भन्दा माथिका जेष्ठ शेयर सदस्यहरुलाई एक- एक थान लठ्ठी र लाईट बितरण गर्नुका साथै सो संस्थाको सदस्य भएको १० वर्ष पूरा भएका  ७० बर्ष उमेर माथिका ६३ जना शेयर सदस्यहरुलाइ जेष्ठ शेयर सदस्य सम्मान स्वरुप मासिक रु २०० को दरले बार्षिक रु. २४०० प्रदान ग- यो ।

सो संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका भीमेश्वर नगरपालिकाका ९ वडा तथा ५ वटा गाउँपालिकाका २० वटा वडा सहित २९ वटा वडाका वडा अध्यक्ष वा जनप्रतिनिधिलाई प्रति वडालाई २ वटाको दरले ५८ थान स्ट्रेचरप्रदान गरेको थियो । त्यस अवसरमा उक्त संस्थाले उत्कृष्ट नियमित सदस्य ,  वाल बचतकर्ता ,  दैनिक बचतकर्ता , दैनिक ऋणी , मासिक बचतकर्ता , मासिक ऋणी , बढी शेयर खरिदकर्ता , उद्यमी महिला , उद्यमी पुरुष ,  शारिरीक अशक्त , उत्कृष्ट सुझावकर्ता , उत्कृष्ट कर्मचारी , दैनिक बचत सुरु गर्ने शेयर सदस्य , पत्रकार , रेडियोकर्मी , स्थापनाकालका शेयर सदस्य , पूर्व सञ्चालक , पूर्व लेखा समिति , पूर्व कर्मचारी ,  सदस्य सेवाकेन्द्र , उत्कृष्ट शेयर सदस्य , शेयर सदस्यको छोरा छोरीहरु मध्येबाट एस.ई.ई. मा उत्कृष्ट ग्रेड ल्याउने सामूदायिक र संस्थागत विद्यालयबाट उत्तीर्ण विद्यार्थी र जिल्लाको सहकारी अभियन्ताहरुलाई सम्मान गरी प्रसंशा-पत्र प्रदान गरेको थियो ।

२०५० साल भदौ ७ गते रामदास श्रेष्ठको अध्यक्षतामा स्थापना भएको सो
संस्थामा गएको असार मसान्तसम्म १५२ जना बाल बचतकर्ता सहित २८,००० जना  सदस्य र कूल कारोवार रु. १,०३,००,००,००० रहेको बताइएको छ ।

दोलखा जिल्लामा सञ्चालनमा रहेका १२ वटा सहकारी संस्थाहरुसँग एकीकरणको प्रक्रिया अगाडि बढाएको सो संस्थ लाई नेफ्स्कूनद्वारा प्रदान गरिने आर्थिक बर्ष २०७५/०७६ को बचत तथा ऋण सहकारी संस्था एकीकरण अभियानमा उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत घोषित गरिएको छ , जुन पुरस्कार उसलाई  नेफ्स्कूनको आगामी बार्षिक साधारणसभामा प्रदान गरिने नेफ्स्कूनको भनाई छ ।

 

Leave a Reply