असल संस्थाको आधार असल सदस्य:कविन्द्र धौबन्जार

0 Shares

भनिन्छ “ढुंगाको भरमाटोलाई माटोको भर ढुंगालाई” संस्था र सदस्य बिचको सम्बन्ध पनि ठिक त्यस्तै हो । असल संस्थाको आधार भनेकै असल सदस्य हो । असल सदस्य हुनु कुनै संयोगको कुरा होईन, यसको लागि अध्यायन, लगनशिलता र शुद्ध आचरण हुन जरुरी छ ।
संस्थाले समय समयमा असल बचत कर्ता र असल ऋणी तथा उत्कृष्ट कर्मचारी सम्मान गर्दै आइरहेको छ । असल बचतकर्ताको असल गुण भनेको संस्थाले सृजना गरेका विभिन्न बचतका प्रकारहरुमा नियमानुसारको बचत गरी त्यसको भरपुर प्रयोग गर्नु हो भने, असल ऋणीले आफूले संस्थाबाट लिएको ऋण उ२ेश्य अनुसारको उत्पादन मुलक र रोजगार सृजना हुने क्षेत्रमा लगानी गरी उचित प्रतिफल प्राप्त गर्ने र तोकिएको समय अबधि भित्र सम्पूर्ण सांवा ब्याज संस्थामा बुझाउनु हो ।

ब्यवस्थापकः कविन्द्र धौबन्जार सामुहिक साकोस भक्तपुर

सहकारी संस्थाबाट हुने ऋण कारोबारलाई सुरक्षित र पारदर्शी बनाउनको लागि नेपाल सरकारले कर्जा सुचना केन्द्रको स्थापना गर्ने अवधारणा अघिसारेको छ । यदि सहकारी क्षेत्रको लागि मात्र कर्जा सुचना केन्द्रको स्थापना भयो भने यसबाट एउटा संस्थामा ऋण नतिरी अर्को संस्थामा ऋण लिने प्रबृति हटाउन मद्दत गर्छ भने खराब ऋणको मात्रा पनि घट्छ ।

हाल नेपालमा ३४ हजार ५ सयको हाराहारीमा बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन् । भक्तपुर जिल्लामा मात्र ६६७ वटा बचत तथा ऋण सहकारी संस्थाहरु रहेको तथ्यांक छ । सहकारी मन्त्री पदमा कुमारी अर्यालले विभिन्न कार्यक्रममा सहकारी एकिकरण मार्फत सहकारीको संख्या ५ हजारमा सिमित गर्ने भन्ने बेलाबेलामा बोल्ने गरेको छ । उहाँको भनाई अनुसार अब हरेक ७ वटा सहकारी संस्थाहरु एक आपसमा एकिकरण भएर १ वटा सहकारीमा सिमित हुनु पर्ने छ । भक्तपुर जिल्लामा बचत तथा ऋण सहकारीको सख्या १३४ वटामा सिमित हुनेछ । बैक तथा वित्तीय संस्थाहरुमा पनि विग मर्जरको कुरा आइराखेको छ । सहकारी संस्थाहरुको संख्या धेरै भएकोले एक आपसको अस्वस्थ प्रतिस्पर्धाको कारण सहकारीको गरिमा र महत्व कम भएको छ । त्यसैले सहकारी एकिकरण आजको प्रमुख आवश्यक्ता हो । सहकारी एकिकरण भएर संस्थाको आकार ठूलो भयो भने सदस्यहरुले पहिले पाएको भन्दा अझ गुणस्तरीय सेवा पाउने भएकोले सहकारी एकिकरणलाई सकारात्मक रुपमा लिनु पर्दछ ।

सहकारी विभागबाट मिति २०७६ श्रावण १७ गते सहकारी संस्थाहरुले ऋणमा अधिकतम ब्याजदर १६ प्रतिशत भन्दा बढि कायम नहुने गरी बचत र ऋणको ब्याजदरमा ६ प्रतिशत भन्दा बढि फरक हुन नहुने गरी सन्दर्भ ब्याजदर कायम गर्नुपर्ने सूचना जारी गर्यो । यसले सहकारी क्षेत्रमा नयां तरङ्ग ल्याएको छ । सहकारी सिद्धान्त र नीति नियम अनुसार संचालन भएका सदस्य मैत्री सामूदायमा आधारीत संस्थाहरुलाई यसले कुनै असर नगर्ला तर सदस्यलाई चर्को ब्याज लिई संचालकहरुको मात्र हाली मुहाली हुने गरी संचलनमा रहेको ंसंस्थाहरुलाई भने यसले ठूलो झट्का दिएको छ । विभागको यो कदमले सहकारी क्षेत्रमा हुने गरेको अस्वस्थ प्रतिस्पर्धालाई अलिकती भएपनि कम गर्छ ।
नेपाल सरकारबाट २०७६ बैशाखमा जारी सहकारी नियमाबली २०७५ मा संस्थाको कुल कारोबारको १५ प्रतिशत वा सदस्य संख्याको १५ प्रतिशत भन्दा पनि कम चाप रहेको संस्थाको साबिकको कार्यक्षेत्र हटाउन सक्ने छ भन्ने कुरा उल्लेख छ । यदि सरकारले भोलिको दिनमा यो कुरा कडाईका साथ लागु गर्यो भने जिल्लाभरी वा प्रदेश भरी कार्यक्षेत्र बनाएर बसेका ठूलठूला संस्थाहरुले समानुपातिक रुपम सदस्य र कारोबारको चाप बढाउन सकेन भने ती संस्थाहरुको समेत कार्यक्षेत्र घट्न सक्छ । त्यसैले विवेकशिल सदस्यहरुले आजैका मितिबाट आफूले कालान्तर सम्म कारोबारको लागि भर पर्न सक्ने संस्थामा आबद्ध भैसक्नु पर्ने देखिन्छ । नाफाखोरी र संचालक केन्द्रित संस्थाहरुले अनेक प्रलोभन देखाई आफू तिर आकर्षित गर्न खोज्छ, यसबाट आम शेयर सदस्यहरु जोगीनै पर्छ । सरकारको यो कदमबाट संचालक केन्द्रित र नाफाखोरी संस्थाहरु जस्ले अस्वस्थ प्रतिस्पर्धा गराई रहेको हुन्छ, ती सस्थाहरुलाई अपथ्यारो पर्छ भने समुदायमा अधारित सामूहिक जस्तो संस्थाहरुलाई नयाँ अवसर सृजना हुनेछ ।

असल संस्थाका असल सदस्यहरुले अनिवार्य गर्नुपर्ने कामहरुः

१) स्वःघोषणा गर्नु पर्ने
सहकारीको स्थापना काल देखि सुन्दै आएको कुनै पनि विषयगत सहकारीमा “एक सदस्य एक सहकारी” को अवधारणा कति हद सम्म सम्भव र यथार्थ परक छ यो एउटा बहसको विषय हो । सहकारी नियमाबली २०७५ अनुसार सदस्यहरुले कतिवटा संस्थामा सदस्यता लिएको छ, त्यसको स्वःघोषणा गरी आफू आवद्ध संस्थाहरुलाई अनिवार्य जानकारी गराउनु पर्ने ब्यवस्था गरेको छ । यो काम अव सदस्यहरुले अनिवार्य रुपमा गर्नु पर्नेछ ।

२) कारोबारको स्रोत खुलाउनु पर्ने
सदस्यहरुले बचत गर्दा वा ऋण तिर्दा अनिवार्य रुपमा आम्दानीको स्रोत खुलाउनु पर्नेछ । स्रोत नखुलेको कुनै पनि रकम संस्थाले स्वीकर गर्दैन । ब्यापार ब्यबसाय, तलब, कसैबाट उपहार पाएको वा कुनै संघ संस्थाबाट ऋण लिएको, कुन स्रोतबाट पैसा आएको हो त्यसको पूर्ण जानकारी नदिईकन संस्थाले कुनै रकम निक्षेपको रुपमा स्वीकार गर्दैन । सम्पति सुद्धिकरण निवारण निर्देशिका बमोजिम संस्थाले नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईकाई मा हरेक १५—१५ दिनमा एकै दिनमा एकै पटक वा पटक पटक गरी रु. १० लाख भन्दा बढिको कारोबार गर्ने सदस्यको नामाबली अनिवार्य रुपमा पठाउने पर्ने ब्यवस्था गरेको छ । यो बाध्यकारी निर्देशन हो, अधिराज्यभरीका सबै वित्तीय संस्थाले अनिवार्य रुपमा गर्नै पर्छ । त्यसैले आफ्नो कारोबारको सही सूचना संस्थालाई दिनु असल सदस्यको जिम्मेबारी हो ।

३) केवाईसी सदस्य पहिचान फारम अध्याबधि गर्ने
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सहकारी सङ्घसंस्थालाई जारी गरिएको निर्देशिकाको अनुसूची २ बमोजिमको सदस्य पहिचान फारम अब हरेक शेयर सदस्यहरुले अनिवार्य रुपमा भरी आफ्नो पारिवारिक विवरण, पेशा तथा वार्षिक आम्दानीको जानकारी अनिवार्य रुपमा आफू आबद्ध संस्थालाई दिनु पर्नेछ । सदस्यहरुबाट प्राप्त जानकरी अनुसार सहकारी विभागलाई सहकारी तथा गरिवी सूचना ब्यवस्थापन प्रणाली कोपोमिस मार्फत सदस्यहरुको सम्पुर्ण जानकारी पठाउनमा सहज हुनेछ ।
४) सदस्य अन्र्तक्रिया, सदस्य शिक्षा शिविर तथा संस्थागत कार्यक्रमहरुमा सहभागी हुने
संस्थाबाट नयाँ सदस्याता लिएका शेयर सदस्यको लागि हरेक २—२ महिनामा संचालन हुने सदस्य अन्र्तक्रिया तथा सदस्य शिक्षा शिविरमा सक्रिय रुपमा सहभागी हुनु असल सदस्यको प्रमुख विशेषता हो । यो कार्यक्रममा सहभागी हुने सदस्यले संस्थाको बचत तथा ऋणका उत्पादनको जानकारी पाउनुका साथै संस्थाको ऋण लगानी प्रकृया र संस्थाका अन्य विभिन्न क्रियाकलापहरुको बारेमा जानकारी प्राप्त हुन्छ ।

५) सदस्य सन्तुष्टि सर्वेक्षण तथा ऋणी सर्वेक्षण
संस्थाका विभिन्न बचत तथा ऋण उत्पादनको बारेमा जानकारी तथा संस्थाका विभिन्न आर्थिक वा गैर आर्थिक क्रियाकलापहरुको शेयर सदस्यहरुमा कस्तो प्रभाव परेको छ, बचत तथा ऋणको उत्पादनमा सदस्यको सहभागीता कतिको छ, त्यसको बारेमा सत्य, तथ्य र सदस्य सन्तुष्टिको तह मापन गर्नको लागि सदस्य सन्तुष्टि सर्वेक्षण तथा ऋणी सर्वेक्षण गर्नु पर्ने हुन्छ । संस्थाबाट संचालित यस प्रकारको सर्वेक्षणको लागि ‘रेनडोम स्यामप्लानिङ्ग मेथोड’ बाट सदस्यको नाम छनौट हुने भएकोले छनौटमा परेको सदस्यले संस्थाबाट सोधिएको सबै प्रश्नाबलीको विना पूर्वाग्रही ढंगले जवाफ दिनु पर्छ ।

संस्थाको असल सदस्यका अवसरहरु ।

Leave a Reply