हरहर महादेव बचत तथा ऋण सहकारी संस्था लि. , हरहर महादेव , काठमाडौंले आफ्ना सदस्यहरुलाई यस वर्ष पनि १६ प्रतिशत लाभांश वितरण गर्दैछ

0 Shares

-रुद्रप्रसाद दाहाल , अध्यक्ष , हरहर महादेब बचत तथा ऋण सहकारी संस्था लि. , हरहर महादेव , काठमाडौं

२०७६ साउन १९ गतेबाट सहकारी सन्दर्भ व्याजदर लागू भएपछि नेपालको सहकारी क्षेत्रमा यसबारे बहस चलिरहेको छ । सहकारीकर्मीहरु यसको समर्थन र विरोधमा उभिएका छन् । यसलाई समर्थन गर्नेमध्येमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका -७ , हरहर महादेवमा आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको हरहर महादेव बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष रुद्रप्रसाद दाहाल पनि हुनुहुन्छ । उहाँसँग सहकारी सञ्जालले सहकारी सन्दर्भ व्याजदर लगायतका विषयमा छोटो कुराकानी गरेको छ । जो यस प्रकार छ ।

१. गएको महिनाबाट लागू गरिएको सहकारी सन्दर्भ व्याजदरप्रति तपाईको धारणा के छ ?

~ सहकारी सन्दर्भ व्याजदरलाई यस हरहर महादेव बचत तथा ऋण सहकारी संस्था लि. ले पूर्ण समर्थन गरी कार्यान्वयनमा ल्याएको छ । अरु सहकारी संघ/संस्थाहरुले पनि त्यसलाई कार्यान्वयन गर्नु उचित देखिन्छ ।

२. कोपोमिस कार्यक्रमबारे तपाईको के भनाई छ ?

~ कोपोमिसबारे राम्रोसँग बुझी नसकेकोले यसबेलासम्म हामी त्यसमा सहभागी भएका छैनौँ ।

३. सहकारी मर्जरबारे के भन्नुहुन्छ  ?

~ सरकारले ल्याएको सहकारी मर्जरको नीतिलाई आत्मसाथ  गर्ने सोचमा छौँ हामी तर यसबेलासम्म हाम्रो यस ‘हरहर महादेव बचत तथा ऋण सहकारी संस्था लि’. को कुनै पनि सहकारी संस्थासँग सहकारी मर्जरबारे कुराकानी भएको छैन ।

४. सहकारी कर्जा सूचना केन्द्रबारे तपाई के भन्नुहुन्छ  ?

~ सहकारी कर्जा सूचना केन्द्रबारे सञ्चार माध्यममा अलेली सुनेपनि यसबारेमा राज्यको आधिकारिक कुरा राम्रोसँग सुन्न पाएको छैन । सहकारी कर्जा सूचना केन्द्र चाडोभन्दा चाडो स्थापना हुनुपर्दछ ।

६. सहकारी ऐन तथा नियमावलीबारे तपाईको दृष्टिकोण के छ ?

~ सहकारी ऐन , २०७४ र सहकारी नियमावली , २०७५ का कतिपय प्रावधान सहकारी संघ/ संस्थालाई अफ्ठ्यारो बनाउने ढंगबाट आएको देखिन्छ । सहकारीलाई समस्या पार्ने ऐन तथा नियमावलीका प्रावधान संशोधन गरी ऐन तथा नियमावलीलाई सहकारीमैत्री बनाउनु पर्दछ ।

७. तपाई नेतृत्वको हरहर महादेव साकोसको गतिविधि के नि ?

~ २०६५ फागुन ३० गते स्थापना भएको हरहर महादेव बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ वार्षिक साधारणसभा आउदो कार्तिक २३  गते शनिवार  काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका – ७ , हरहर महादेवस्थित एकलव्य शिक्षा सदनको प्राङ्गडमा हुँदैछ । सो साधारणसभाबाट यस संस्थाले आफ्ना सदस्यहरुलाई विगतका वर्षहरुमा झैं यस वर्ष पनि १६ प्रतिशत लाभांश (बोनस) वितरण गर्दैछ । सो साधारणसभाको अवसरमा सोही स्थानमा हाम्रो यस संस्थाको आयोजनामा रक्तदान कार्यक्रम पनि हुँदैछ ।

८. हरहर महादेव साकोसको शेयर सदस्य , शेयर पूँजी , बचत संकलन , ऋण लगानी र कारोवार कति छ ?

~ म नेतृत्वको यस हरहर महादेव बचत तथा ऋण सहकारी संस्था लि. को २०७६ आसार मसान्तसम्म शेयर सदस्य ३,०१९ , शेयर पूँजी रु. १,१८,८१,५०० , बचत संकलन रु. १०,६२,८०,२०१/९७ ऋण लगानी रु. १०,१२,२३,२३३ र कूूूल कारोवार रु. १३,१५,८२,०६८/२० रहेको छ ।

९. कागेश्वरी मनहरा नगरपालिकाले यस संस्थाको काममा कत्तिको सहयोग गरेको छ ?

~ काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाभित्र आफ्नो कार्यक्षेत्र रहेको हरहर महादेव बचत तथा ऋण सहकारी संस्था लि.लाई कागेश्वरी मनहरा नगरपालिकाबाट सरसहयोग प्राप्त भइरहेको रहेको छ ।

१०. अन्तमा केही भन्नु छ कि ?

~ सहकारी अभियान राम्रो होस् , सहकारी संघ/संस्थाहरु सदस्यहरुको हितमा हुन् र आम नेपाली नागरिकहरुलाई सहकारीमा आवद्ध गराउन सकियोस् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply