भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयमा गरियो गौतमको स्वागत र मैनालीको विदाई

0 Shares

यही भदौ २ गते बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले सरुवा गरेको १६ जना सचिवहरु मध्ये महालेखा नियन्त्रकको कार्यालयबाट भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा हुनुभएका सचिव सूर्यप्रसाद गौतमलाई सो मन्त्रालयमा स्वागत गरिएको छ ।  

गौतमले यही भदौ ९ गते उक्त मन्त्रालयको सचिवको कार्यभार शुरु गर्नु भएको थियो । त्यसैगरी सो मन्त्रालयबाट महालेखा नियन्त्रकको कार्यालयमा सरुवा हुनु भएका सचिव गोपीनाथ मैनालीलाई यही भदौ ८ गते उक्त मन्त्रालयमा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल तथा सोही मन्त्रालयका कर्मचारीहरुले विदाई गर्नु भएको थियो ।

 

 

Leave a Reply