राष्ट्रिय सहकारी महासंघ लि. को आयोजनामा ‘दिगो सेवा विकास कार्यशाला सम्पन्न

0 Shares

देशभरका सहकारी संघ/संस्थाहरुको छाता   संगठन राष्ट्रिय सहकारी महासंघ लि. , नेपालको आयोजना तथा एग्रिटेरा र जीआइजेड (GIZ) को सहयोगमा यही भदौ ९ गतेदेखि सञ्चालन भएको दिगो सेवा विकास कार्याशाला आज सम्पन्न भयो । सो कार्यशाला समापनको अवसरमा राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका अध्यक्ष केशवप्रसाद बडालले  दिगो विकास लक्ष्यलाई ध्यानमा राखेर सहकारीले आफ्ना कार्यक्रमहरु अगाडि सार्नुपर्नेमा जोड दिनुहुँदै सहकारी अभियानलाई सहकारी दर्शन , सिद्धान्त , मुल्य मान्यता , आचरण , कार्यशैली र कार्यपद्धतिको आधारमा  दिगो बनाउनुपर्ने बताउनुभयो। राष्ट्रिय सहकारी महासंघ लि. , नेपाल सहकारीको मुटु भएकोले यसलाई मजबुद बनाउन सकियो भने मात्रै सहकारी अभियान बलियो हुने भएकोले यस महासंघलाई बलियो बनाउन दिगो आयआर्जनको स्रोतको खोजीमा लागेको उहाँको भनाई थियो । सो महासंघका नायव महाप्रबन्ध बाबुल खनालले सहजीकरण र   एग्रीटेरा नेदरल्यान्डका रिचार्ड र एग्रिटेरा व्यवसायिक सल्लाहकार त्रिजन सिंहले प्रशिक्षण गर्नुभएको सो कार्यशालाको समापन कार्यक्रममा उक्त महासंघका सञ्चालक तथा नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद  ढकालले ‘आफ्ना सदस्य संघहरुलाई बलियो बनाएर सँगै  लैजाने गरी राष्ट्रिय सहकारी महासंघ लि. , नेपाल योजना बनाएर अगाडि बढिरहेको छ’ भन्नुभयो ।  त्यस अवसरमा सोही महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले ‘राष्ट्रिय सहकारी महासंघ लि. , नेपाल’ र उसका आफ्ना सदस्य संघहरुलाई दिगो बनाएर लैजाने विषयमा यस महासंघका कार्यक्रम केन्द्रित हुने छन्’ भन्नुभयो । । त्यस कार्यशालामा सैद्धान्तिक तथा व्यवहारिक अभ्यासहरुका माध्यमबाट महासंघको सेवाहरुको आवश्यकता पहिचान , सेवाको मापन , प्राथमिकीकरण र मुख्य सेवाहरुको छनोट एवम्  कार्ययोजना निर्माण गर्नुका साथै वित्तीय व्यवस्थाहरु सम्बन्धी अभ्यास र वित्तीय दिगोपना रणनीतिको अभ्यास  गरिएको राष्ट्रिय सहकारी महासंघ लि. , नेपालले जनाएको छ ।

उक्त कार्यशालामा सो महासंघका पदाधिकारी तथा सञ्चालक , कर्मचारी र जिल्ला संघहरुका पदाधिकारी तथा कर्मचारीहरु गरी १९ जनाको सहभागिता रहेको आयोजकको भनाई छ ।

Leave a Reply