अखिल नेपाल महिला यूनियनको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न

0 Shares

नेपाल कम्युनिष्ट पार्टीको भगिनी संगठन अखिल नेपाल महिला यूनियनको आयोजनामा हिजो तीज  विशेष कार्यक्रम सम्पन्न भयो । अखिल नेपाल महिला यूनियनकी अध्यक्ष सीता सुवेदीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय , कपन , काठमाडौंमा सम्पन्न सो तीज कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले तीज पर्व मनाउने चलन शुरु हुनाको कारण प्रष्ट पार्दै यतिबेला तीजको मौलिकता हराउदै गएको बताउनुभयो । उहाँले श्रमजीवी मजदुर तथा किसान बर्गीय प्रगतिवादी जनसंस्कृति निर्माणको आवश्यकता औल्याउदै नेपाल कम्युनिष्ट पार्टी स्षष्ट दृष्टिकोणका साथ प्रगतिवादी कला र संस्कृति निर्माणको दिशामा अगाडि बढिरहेको छ भन्नुभयो । त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय नेताहरु रत्नप्रसाद जोशी , राजेश बान्तवा , कृष्णहरि भट्ट, शशिकला घिमिरे तथा अखिल  नेपाल महिला यूनियनका नेता शारदा श्रेष्ठले तीजको महत्व र यसको मौलिक पक्षबारे आ-आफ्नो धारणा व्यक्त गर्दै तीजको राम्रो सामाजिक पक्षलाई जगेर्ना गर्नु पर्नेमा जोड दिनु भएको थियो । तीजका गीत गाएर नाचगान गरी दर खाएर मनोरञ्जन गरिएको सो कार्यक्रममा प्रगतिशील लेखक संघ , ३ नं. प्रदेश समिति सदस्य सीता निरौलाले तीज लगायतका गीतहरु गाउनु भएको थियो ।

Leave a Reply