दक्षिण बाराही महिला साकोसको आयोजनामा तीज कार्यक्रम सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका – ४ , दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा २०७६ भदौ ११ गते यचु पार्टी भेन्यूमा सांस्कृतिक पर्व तीज कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । सो संस्थाकी अध्यक्ष निर्जला दाहालको अध्यक्षतामा सम्पन्न उक्त तीज कार्यक्रमको उद्घाटन सोही संस्थाका जेष्ठ शेयर सदस्यद्वय भक्तकुमारी क्षेत्री र सावित्री ढुङ्गेलले गर्नुभयो । आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत उक्त संस्थाको शिक्षा उप-समितिले आयोजना गरेको सो तीज कार्यक्रममा २०८ जनाभन्दा बढी उक्त संस्थाका सदस्य दिदीबहिनीहरुको सहभागिता रहेको सो संस्थाकी व्यवस्थापक दीपा क्षेत्रीले सहकारी सञ्जाललाई बताउनुभयो ।