महालक्ष्मी विकास बैंक लि. को काठमाडौंको तीनचुलीमा शाखा उद्घाटन

0 Shares

नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजत प्राप्त महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौं जिल्ला , काठमाडौं महानगरपालिका वडा नं.६,  तीनचुलीमा आफ्नो शाखा कार्यालयको  २०७६भदौ ९ गते   औपचारिक समुद्घाटन गरेको सो बैंकबाट जारी विज्ञप्तिमा जनाइएको छ । सो बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेको अध्यक्षतामा सम्पन्न  उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नाम्ग्याल ज्याङ्छुन् छ्योलिङ गुम्बाका रिनपोछे लोसाङ नाम्गेल रिनपाछेले दीप प्रज्वलनका साथ समुद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा सो
बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गर्दैै यस बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन यस बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गर्नुभएको थियो।

सो बैकको तीनचुलीमा शाखा उद्घाटन भएको एक हप्ता अगाडि धरानमा पनि शाखा उद्घाटन गरिएको उक्त बैंकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९९ वटा शाखा तथा ३५ वटा एटीएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

 

Leave a Reply