टानको नयाँ नेतृत्वको लागि बर्तमान उपाध्यक्ष खेमबहादुर सुवेदीको नेतृत्वमा प्रजातान्त्रिक समूहको प्यानल घोषणा , वामपन्थी खेमाको प्यानल निर्माण हुन बाँकी

0 Shares

नेपालको ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (TAAN)को वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व निर्माणको लागि निर्वाचन यही भदौ २० गते हुने भ एको छ । वार्षिक साधारणसभा तथा निर्वाचनको मिति नजिएसँगै टानमा चुनावी चहलपहल पनि बढिरहेको छ। टानको नयाँ नेतृत्वको लागि नेपाली काँग्रेसको निकट पर्यटन व्यवसायीहरुको संगठन निट नेपालका अध्यक्ष दीपक महतको अध्यक्षतामा शनिवार बसेको निट नेपालको बैठकले टानका बर्तमान उपाध्यक्ष खेमबहादुर सुवेदीको नेतृत्वमा  प्रजातान्त्रिक समूहको प्यानल घोषणा गरेको जानकारी प्राप्त भएको छ । सो प्यानलको वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल , प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की , द्वितीय उपाध्यक्षमा भरत सापकोटा , महासचिवमा कर्मा शेर्पा , कोषाध्यक्षमा रितु ग्याम्दान , सचिवमा प्रदीप घिमिरे र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ रहनु भएको छ । यता वामपन्थी खेमाका पर्यटन व्यवसायीहरुको तर्फबाट टानको नयाँ नेतृत्वको लागि अञ्जन थापा ‘कुमार’ को नेतृत्वमा प्यानल बनाएर चुनावमा जाने चर्चा भएपनि यो समाचार तयार पार्दासम्म भने थापा समूहको प्यानल बनिसकेको छैन ।वाम तथा प्रजातान्त्रिक खेमालाई मिलाएर सर्वसम्मत ढंगबाप टानको नयाँ नेतृत्व चयन हुनुपर्दछ भन्ने आवाज उठिरहेको छ भने कतिपय ट्रेकिङ व्यवसायीहरुले सर्वसम्मत ढंगबाट टानको नेतृत्व चयनका चयनको लागि पहल गरेको सुनिएकोो छ तर त्यसले सकारात्मक परिणाम देला भनेर विश्वास गर्ने अवस्था देखिएको छैन ।  टानमा दुई हजारभन्दा बढी साधारण सदस्यले निर्वाचनमा मतदान गर्ने टान स्रोतले जनाएको छ ।प छिल्लो कालमा लामो समयदेखि वामपन्थी खेमाका पर्यटन व्यवसायीको नेतृत्वमा टान सञ्चालन भइरहेको छ । बेला बेलामा टानभित्रको आर्थिक अनियमितताका समाचारहरु पनि बाहिर आउने गरेका छन् ।

 

 

Leave a Reply