कुमारी साकोस थिमिद्वारा आफ्ना जेष्ठ सदस्यहरुलाई केक प्रदान

भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ४ , शंखधर चोक , थिमिमा सञ्चालन भइरहेको कुमारी बचत तथा ऋण सहकारी संस्था लि. ले बुवाको मुख हेर्ने पर्वको उपलक्ष्ययमा आज आफ्ना जेष्ठ सदस्यहरुलाई उहाँहरुको घर घरमा पुगेर केक प्रदान गरेको छ । सो अवसरमा उक्त संस्थाका अध्यक्ष उमेश श्रेष्ठको नेतृत्वमा सोही संस्थाका पदाधिकारी तथा सदस्यहरु , एवम कर्मचारीहरुको उपस्थित रहेको सो संस्थाका प्रवन्धक शुभ मानन्धरले सहकारी सञ्जाललाई बताउनुभयो ।