छहारी साकोस , गाम्चाको आयोजनामा ‘तीज विशेष कार्यक्रम’ सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका -४ , गाम्चा चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको छहारी बचत तथा ऋण सहकारी सस्था लि.को आयोजनामा विगतका वर्षहरुमा झैं यसपाली पनि यही भदौ ११ गते शंखधर पार्टी प्यालेस थिमिमा ‘तीज विशेष कार्यक्रम’ भव्य रुपमा सम्पन्न भयो।
उक्त कार्यक्रममा चर्चित लोक गायिका तथा जनता टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘लोक माला’ का प्रस्तोता शोभा त्रिपाठीले गीत तथा नृत्य प्रस्तुत गरी भरपुर मनोरञ्जन प्रदान गर्नु भएको थियो। सो कार्यक्रममा श्रीदेवी लगायतका चर्चित लोक दोहोरी गायक /गायिकाहरुको समेत विशेष प्रस्तुती रहेको थियो। उक्त कार्यक्रममा सो संस्थाका महिला सदस्यहरुको उल्लेख्य सहभागिता रहेको उक्त संस्थाका अध्यक्ष कृष्णहरि खड्काले सहकारी सञ्जाललाई बताउनुभयो ।