मंगलदीप बहुउद्देश्यीय सहकारी संस्था लि. को ५औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको शेयर पूँजी र कारोवारमा उल्लेख्य बृद्धि

0 Shares

ललितपुरको प्रयागपोखरीमा रहेको मंगलदीप बहुउद्देश्यीय सहकारी संस्था लि.को ५ औं बार्षिक साधारण सभा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.वी. उप्रेतीको प्रमुख आतिथ्यता तथा सो संस्थाका अध्यक्ष नवराज विष्टको अध्यक्षतामा हिजो सम्पन्न भएको छ । उक्त साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.वी. उप्रेतीले एक समारोहका बीच  गर्नुभयो । सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि उप्रेतीले यस मंगलदीप बहुउेश्यीय सहकारी संस्थाले स्थापना भएको छोटो समयमा नै शेयरपुँजी , कारोबार र सदस्य संख्या उल्लेख्य मात्रामा बृद्धि गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै यो संस्था उत्कृष्ट संस्थाको रुपमा स्थापित भएर अगाडि जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले उत्कृृृष्ठ कारोवार गर्ने सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंकले आवश्ययक सहयोग गर्ने बताउनुभयो । उक्त अवसरमा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाईले २०७२ साल बैशाख १२ गते भूईचालो गएको दिन सो संस्थाको उद्घाटन गरिएको स्मरण गर्दै युवा टिमका साथीहरुले सञ्चालन गरेको यस संस्थाले सदस्यहरुको सेवामा रहेर प्रशंसायोग्य कार्यहरु गरी छुट्टै पहिचान बनाएर अगाडि बढी दिन प्रति दिन आफ्नो काराबोरमा फड्को मार्दै गईरहेकाले यो संस्था देशकै उत्कष्ट संस्था बन्न सक्ने सम्भावना रहेेेको छ भन्नुभयो । ललितपुरमा राम्रोसँग सञ्चालन भएका साकोसहरुलाई तिनीहरूले आवश्यक ठानेको तालिमका लागि आवश्यक प्रशिक्षक ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नि:शुल्क रुपमा पठाई दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा संस्थाका अध्यक्ष विष्टले सो संस्थाको वार्षिक प्रतिवेदन पेश  गर्दै  यस संस्थाले ५ औं बार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गर्न सफल भएको उल्लेख गर्दै यसले आफ्ना शेयर सदस्यहरुलाई १७ प्रतिशत बोनस वितरण गरेको जानकारी दिनुभयो । यो संस्थाले न्युनतम शेयर रकम रु. २५,००० कायम गर्नु साथै यस संस्थाले सरकारले लागू गरेको सहकारी सन्दर्भ ब्याजदरको कर्जा लगानीमा अधिकतम १६ प्रतिशत सीमालाई कार्यान्वयन गरेको तर लगानी भइसकेकको ऋणलाई भने यथावत राखेको उहाँको भनाई थियो । उहाँले यस संस्थाको शेयर पूँँजी , कारोवार लगायतमा उल्लेख्य बृद्धि भएको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । उक्त बार्षिक साधारणसभामा सोही संस्थाका जेष्ठ  सदस्यहरु , उत्कृष्ट साधारण  बचतकर्ता , विशेष बचतकर्ता , वाल बचतकर्ता , नारी बचत कर्ता र असल ऋणिका साथै सो संस्थामा आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपमा योगदान पु-याउने उक्त संस्थाका कर्मचारीहरु अमृत बजगाई र सुनिता सञ्जेललाई खादा ओडाई सम्मान गरी प्रशंसा-पत्र  प्रदान गरिएको थियो ।

Leave a Reply