जनता साकोस , चित्रपुरद्वारा ‘तीज विशेष कार्यक्रम’ सम्पन्न

भक्तपुरको सूर्यबिनायक नगरपालिका , वडा नं-४ , चित्रपुरस्थित जनता बचत तथा ऋण सहकारी संस्था लि. को नारी तथा बालबालिका बिकास उप-समितिको आयोजनामा सोमलिङ्गेश्वर माहादेवको पुण्यस्थल सिरुटारको बुढाथोकी पार्टी प्यालेसमा ‘तीज विशेष कार्यक्रम ,२०७६’ भब्य , सभ्य एवं उल्लासमय रुपमा आज सम्पन्न भयो । सो संस्थाको नारी तथा बालबालिका बिकास उप-समितिकी संयोजक सीतालक्ष्मी राजथलाको अध्यक्षता र संस्थाका अध्यक्ष राजेशकुमार राजथलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सो संस्थाका ज्येष्ठ बृध्दा सदस्य तथा अशक्त नारी सदस्यहरु सहितका ५०० भन्दा बढी नारीी सदस्यहरुको उल्लासमय सहभागिता रहेको थियो । त्यस अवसरमा सो संस्थाका अध्यक्ष राजेशकुमार राजथला , लेखा सुपरीवेक्षण समितिका संयोजक दिनेश प्रजापती र सल्लाहकार राजकुमार राजथलाले नेपाली नारीहरुको महान चाड हरितालिका तीज ,२०७६ को उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नु भएको थियो । सो कार्यक्रम सोही उप-समिति सदस्य चन्द्रमाया श्रेष्ठको सञ्चालनमा भएको थियो । छिमेकका सहकारी संस्थाले सशुल्क तीज विशेष कार्यक्रम गरेपनि सो सहकारी संस्थाले निशुल्क रुपमा तीज विशेष कार्यक्रम सञ्चालन गरेको उक्त संस्थाका अध्यक्ष राजेशकुमार राजथलाको भनाई छ ।