नेपाल र भारतका प्रधानमन्त्रीबाट एकसाथ अन्तर्देशीय पेट्रोलियम पाइपलाइनको भयो उद्घाटन

0 Shares

नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र भारतीका प्रधानमन्त्री नरेन्द्र मोलीले नेपाल–भारत अन्तर्देशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज रिमोट थिचेर एकैसाथ उद्घाटन गर्नुभयो। नेपालका प्रधानमन्त्री ओलीले काठमाडौंको सिंहदरबार र भारतका प्रधानमन्त्री मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट भिडियो कन्फ्रेन्समार्फत एकैसाथ संयुक्त रुपमा रिमोटले स्वीच थिचेर सो परियोजनाको उद्घाटन गर्नु भएको थियो ।
भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म बिच्छ्याइएक यो पाईपलाईन परियोजना दक्षिण एशीयाकै पहिलो क्रस बोर्डर परियोजना रहेको बताइएको छ।

नेपाल आयल निगम लि.का अधिकारीहरु यस अगाडि नै पाइपलाइनबाट तेल थाप्न अमलेखगञ्ज पुगेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply