राष्ट्रिय सहकारी महासंघका नायव महाप्रवन्धक खनालद्वारा मलेसिया जाने ४ सदस्यीय सहकारीकर्मीको टोलीको विदाई

0 Shares

अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्यासिफिकको आयोजनामा यही भदौ १८ र १९ गते मलेसियाको राजधानी क्वालालम्पुरमा दिगो विकास लक्ष्यको एजेन्डा : मर्यादित काम र आर्थिक बृद्धि सम्बन्धी सेमिनार हुने भएको छ । सो सेमिनारमा जिल्ला सहकारी संघ लि. का प्रबन्ध संचालक नवराज उपाध्याय , जिल्ला सहकारी संघ लि. , झापाका सह-व्यवस्थापक संजय ढकाल , काठमाडौंको कोटेश्वर सेतीओपीमार्गस्थित सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि. का व्यवस्थापक खड्गप्रसाद सुब्बा र सुकुना बचत तथा ऋण सहकारी संघ लि. , मोरङका सह-व्यवस्थापक शारदाप्रसाद ढकाल सहभागी हुनुहुने भएको छ । सो ४ सदस्यीय टोलीलाई राष्ट्रिय सहकारी महासंघ लि. , नेेेेपालका नायव महाप्रबन्धक बाबुल खनालले आज विदाई गर्नुभयो । सोही विदाई कार्यक्रममा सो महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी र कार्यक्रम अधिकृत सुरेश थापाको उपस्थिति थियो रहेको सो विदाई कार्यक्रममा विदाई कार्यक्रमलाई सम्बोधन गर्दै उक्त महासंघका नायव महाप्रबन्धक  खनालले समान ज्याला , सर्वसुलभ तथा सुरक्षाका साथ काम गर्ने वातावरणको प्रत्याभूति गराउनका लागि दिगो विकास लक्ष्यको ८ नम्बरको एजेन्डाले सम्बोधन गरेको बताउनु भएको राष्ट्रिय सहकारी महासंघ लि. , नेपालले जनाएको छ ।

 

Leave a Reply