पाँचतारा साकोस , पेपासीकोलाको १२औँ वार्षिक साधारणसभा सम्पन्न , भोलानाथ पाठकको अध्यक्षतामा सञ्चालक समिति चयन

0 Shares

काठमाडौं महानगरपालिका -३२ , पुरानो सिनामंगल (पेप्सिकोला) को सहकारी चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारणसभा यही भदौ १४ गते नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष डी.बी. बस्नेतको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षतामा सम्पन्न भयो ।

सो साधारणसभाको प्रमुख अतिथि बस्नेतले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै  उहाँले यस पाँचतारा साकोसले गरिरहेको प्रगति देख्ता आफूलाई खुशी लागिरहेको बताउनुभयो । नेफ्स्कूनको मूलधारमा समाहित भएर  नीति , विधि र प्रविधिमा आधारित भएर अगाडि बढे यस संस्थाले छुट्टै पहिचान बनाउने भन्दै उहाँले नेफ्स्कूनले सञ्चालन गरेको ब्राण्डिङ कार्यक्रममा सो संस्थालाई सहभागी हुन सल्लाह दिनुभयो ।

त्यस अवसरमा सो साधारणसभाका अध्यक्ष भोलानाथ पाठकले पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि. को वार्षिक प्रतिवेदन पेश गर्दै  सदस्यहरुले आफ्नो आर्थिक अवस्था सवल बनाउन यस संस्थाबाट लिएको ऋण सही काममा सदुयोग गर्न आग्रह गर्दै त्यसका लागि यस संस्थाले आवश्यकता अनुसार प्राविधिक र व्यवसायिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस संंस्थाले आफ्ना अति विपन्न सदस्यहरुलाई ११ प्रतिशत व्याजदरमा र कुनै खास प्रकृतिको उद्यम गर्न चाहने एकल वा समूहलाई १४ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने योजना रहेको बताउनुभयो । यस क्षेत्रमा नहाकटी मन्दिर पुनर्निर्माण  सौर्य बत्ती जडान , गार्डेनहरुमा आराम गर्न मेच निर्माण , क्रियापुत्री भवन निर्माण , रक्तदान , सरसफाई , अग्रज सहकारी अभियन्ताहरु र ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने जस्ता विविध गतिविधि संस्थाले गर्दैै आएको उहाँको भनाई थियो ।  उहाँले यस संस्थाले निकट  भविष्यमा रु. ५ लाखसम्मको साना ऋणको जोखिम बीमा गर्ने सम्बन्धमा बीमा कम्पनीहरुसँग छलफल गरी प्रकृया अगाडि बढाउने र चालु आर्थिक वर्षमा एटीएम , मोबाइल बैंकिङ सेवा , अनलाइन पेमेण्ट सिस्टम आदि सेवालाई सदस्यसम्म पु-याउन आवश्यक पहल गर्ने बताउनुभयो । नेफ्स्कूनले सञ्चालन गरिरहेको एक्सेस ब्राण्डिङमा जान छलफल अगाडि बढाउने  बताउदै मर्जर गर्न चाहने सहकारी संस्थासँग छलफल गरी मर्जरको प्रक्रिया अगाडि बढाउने छौँ भन्नुभयो ।  सहकारीहरुबीच समन्वय गरी उत्पादनमुखी  व्यवसायिक परियोजनामा साझेदारी गर्ने योजना रहेको उहाँको कथन थियो ।

त्यस अवसरमा  उक्त संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थाको शेयर सदस्य १ हजार ७ सय ७८ जना , शेयर पूँजी रु. ६ करोड २६ हजार , बचत संकलन रु. ३८ करोड ९ लाख , ऋण लगानी रु. ३६ करोड ८८ लाख ७७ हजार र सञ्चालन नाफा रु. २ करोड १४ लाख ९५ हजार रहेको बताउनुभयो । साधारणसभाले उक्त संस्थाको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलाई पारित गरीत्यस संस्थाको आागामी ४ वर्षे कार्यकालको लागि भोलानाथ पाठकको अध्यक्षतामा निर्विरोध नयाँ सञ्चालक समिति चयन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा विजया मल्ल , सचिवमा लोचनहरि प्रसाईं , कोषाध्यक्षमा कुमार बिमली र सदस्यहरुमा रेणुका प्रधान , विन्दा कुँवर , हरिबंश कडेरिया र गोपालबहादुर तामाङ रहनु भएको छ भने  लेखा सुपरीवेक्षण  समिति संयोजकमा सुशिल प्रसाईं तथा सदस्यहरुमा खेमराज पोखरेल र नवराज प्रसाईं रहनु भएको छ ।त्यसैगरी ऋण उप-समिति सदस्यहरुमा अवधेशकुमार पाण्डे र मनिष कुमार शिवाकोटी , शिक्षा उप-समितिको संयोजकमा उत्तम राजभण्डारी र सदस्यहरुमा युवराज प्रसाईं र चेतनाथ सिंह बस्नेत रहनु भएको छ ।

सो संस्थाका नवनिर्वाचित अध्यक्ष भोलानाथ पाठकले आफूलाई पुनः यस संस्थाको नेतृत्व गर्ने

अवसर प्रदान गरेकोमा सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिँदै आफूले बोल्ने भन्दा काम गरेर देखाउने बताउनुभयो ।

सो निर्वाचन सम्पन्न गर्न बरिष्ठ अधिवक्ता छविरमण निरौलाको संयोजकत्वमा नेफ्स्कुनका प्रमुख प्रशासकीय अधिकृत शिव अधिकारी र विनोद अधिकारी रहेको ३ सदस्यीय निर्वाचन उप-समिति  निर्माण गरिएको थियो।

उक्त अवसरमा प्रमुख अतिथि बस्नेतलाई सो संस्थाका अध्यक्ष पाठकले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

 

 

 

 

 

 

 

Leave a Reply