नयाँ पाटी साकोस र सहयोगी महिला जागरण मञ्चको आयोजनामा नि:शुल्क स्वास्थ्य शिवीर सम्पन्न

नयाँ पाटी बचत तथा ऋण सहकारी संस्था लि. र सहयोगी महिला जागरण मञ्चको संयुक्त आयोजना तथा नेपाल बाथ रोग सेन्टरको सहयोगमा हालै १ दिने नि:शुल्क स्वास्थ्य शिवीर सम्पन्न भयो । सो स्वास्थ्य शिवीरमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरुद्वारा सोही सहकारी संस्थाका सदस्यहरु लगायतको बाथ रोग सम्बन्धी चेकजाँज र परामर्शका साथै सीआरपी, इएसआर , यूरिक एसिड लगायतको नि:शुल्क परीक्षण गरिएको सो संस्थाले जनाएको छ ।आर्थिक वर्ष २०७५/०७६ मा उक्त संस्थाको रु.९ करोड २२ लाख ९५ हजार शेयरपूँजी , रु. ६० करोड १ लाख ४८ हजार बचत संकलन , रु. ५८ करोड ६ लाख ऋण लगानी र रु ८२ करोड ४३ लाख १८ हजार कूल सम्पति रहेको उक्त संस्थाको भनाई छ ।