ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को सहकारी दौड प्रतियोगिता सम्बन्धी अनुरोध

यस ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को रजत वर्षको अवसरमा तपशिलको मिति , स्थान र समयमा सहकारी दौड प्रतियोगिता आयोजना हुन गईरहेकोले २०७६ भाद्र १८ गते भित्र यस संघको कार्यालयमा नाम दर्ता गराउनुहुन हार्दिक अनुरोध गरिन्छ ।
पुरुष : ५ कि.मी.
सहभागी आईपुग्ने समय – ६ः०० वजे
दौड सुरु हुने समय – विहाान ठिक ७:०० वजे
(पुरस्कार राशी : प्रथम– रु.१५,०००।–, द्धितीय–रु.१०,०००।–, तृतीय–रु.५,०००।–)
सहकारी दौडको दर्ता फारम तथा दौड सम्बन्धी नियमहरु यसै पत्रसाथ समावेश गरिएको छ ।
दौड हुने स्थान : ललितपुर जिल्ला बचत तथा ऋण संघ लि.को कार्यालय – कुमारीपाटी – मानभवन – जावलाखेल – पुल्चोक – ललितपुर महानगरपालिका कार्यालय – मंगलबजार – सौगल – सुन्धारा – ओकुबहाल – नौर – प्रयागपोखरी – मछिन्द्रनाथ रोक्ने थटिचोक – लगनखेल बसपार्क – ललितपुर जिल्ला अदालत – बुद्धि विकास चौर बाटो हुँदै – ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को कार्यालय
महिला : ३ कि.मी.
सहभागी आईपुग्ने समय –विहान ६:०० वजे
दौड सुरु हुने समय –विहान ठिक ६:३० वजे
दौड हुने स्थान : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को कार्यालय – महालक्ष्मीस्थान – महालक्ष्मीस्थान चोक – चापागाँउ दोबाटो – सातदोबाटो चोक – बटुक भैरव – लगनखेल चोक – ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को कार्यालय
(पुरस्कार राशी : प्रथम–रु.१५,०००।–, द्धितीय–रु.१०,०००।–, तृतीय–रु.५,०००।–)
कार्यक्रममा सहभागी हुनको लागि आवश्यक शर्तहरु :
१. दौड फर्म दर्ता शुल्क : रु.२००।– (अक्षरुपी दुई सय मात्र)
२. दौड प्रतियोगितामा भाग लिने खेलाडी १८ वर्ष भन्दामाथिको उमेरको हुनु पर्नेछ ।
३. यस दौड प्रतियोगितामा राष्ट्रिय , अन्तराष्ट्रिय विभागीय टिमले भाग लिन पाउने छैन ।
४. यस दौड प्रतियोगितामा खेलाडीले खेल दौडानमा कुनै पनि साधन वा कसैबाट सहयोग लिन पाउने छैन ।
५. दौड प्रतियोगितामा सहभागी हुन चाहने प्रत्येक धावक शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनु पर्नेछ । यदि प्रतियोगितामा सहभागी भई आफ्नो स्वास्थ्यको झुठो जानकारी दिइ धावक दौडको सिलसिलामा केही भएमा आयोजक समिति जिम्मेवार हुने छैन ।
६. मिति २०७६।०५।१८ गते भित्र कार्यालय समयभित्र ललितपुुुर जिल्ला सहकारी संघ लि. को कार्यलयमा यो फाराम बुझाइ सक्नु पर्नेछ ।
७. प्रतियोगिता शुरु हुने स्थानमा अधिकतम ३० मिनेट अगावै खेलाडी प्रवेश गरी आयोजकलाई जानकारी गराउनु पर्ने छ । अन्यथा प्रतियोगितामा समावेश नगर्न पनि सकिनेछ ।
८. प्रतियोगितामा कुनै विवाद आएमा अन्तिम निर्णय आयोजक कमिटिको हुनेछ ।
९. प्रतियोगितामा भाग लिन ललितपुर जिल्लामा सञ्चालित सहकारी संस्थामा सदस्यता लिएको हुनुपर्ने र शेयरको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।
१०. प्रतियोगितामा विजेता संस्थालाई सम्मान प्रदान गरिने छ ।