रत्नाकर साकोस , हकबहाल , ललितपुरको २१औंं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

ललितपुरको हकबहालमा रहेको रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. को २१औं वार्षिक साधारणसभा सो संस्थाका अध्यक्ष करुणारत्ने बज्राचार्यको अध्यक्षतामा हिजो हकबहाला सम्पन्न भयो । नेफ्स्कूनका सञ्चालक तथा ललितपुर बौद्ध विहार संघका अध्यक्ष नानीकाजी शाक्यले सो साधारणसभाको एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले रत्नाकर साकोसले गरिरहेको प्रगति र यसले ललितपुरको सहकारी अभियानमा पु-याइरहेको सहयोगप्रति प्रशंसा व्यक्त गर्नुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्थाहरुको विकास र प्रवर्द्धनका लागि  विभिन्न कार्यक्रमहरु गरिरहेको  नेफ्स्कूनले छुट्टै साकोस ऐनको लागि पहल गरिरहेको छ भन्नुभयो । त्यस अवसरमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का सचिव माधव तिमिल्सिना र राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाईले रत्नाकर साकोसले सहकारी अभियान तथा सामाजिक क्षेत्र पु-याइरहेको योगदानप्रति खुशी व्यक्त गर्दै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो । उक्त अवसरमा त्यस साधारणसभाका अध्यक्ष बज्राचार्यले उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै २०५५ आश्विन ७ गते ३५ जना सदस्यहरु मिलेर रु.७९,००० शेयर पूँजीबाट सञ्चालन शुरु भएको रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारीको माध्यमबाट आफ्ना सदस्यहरुको सामाजिक तथा आर्थिक विकास गर्न हरसम्भव प्रयास गर्दै आइरहेको बताउउदै यस संस्थाले ललितपुरको सहकारी अभियानमा महत्वपूर्ण योगदान पु-याइरहेको  छ भन्नुभयो ।सहकारी ऐन तथा नियमावली सहकारी मैत्री हुन नसकेको , तिनमा छिद्रहरु रहेको र यसले अन्तर्राष्ट्रिय सहकारी मूल्य , मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्न नसकेको उहाँको भनाई थियो । यही भाद्र ६ र ७ गते सो संस्थाको सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम तथा संस्थाको ३ वर्षे रणनीतिक योजना कार्यशाला गोष्ठि सम्पन्न भएको र त्यसको जिल्ला सहकारी संघ लि. , ललितपुरका लेखा सुपरीवेक्षण समिति संयोजक अनिलवीर बज्राचार्य र नेफास्कूनका विभागीय प्रमुख सञ्जयनाथ तिमिल्सिनाले सहजीकरण गरेको बताउदै उहाँले यस संस्थाको व्यवस्थापनमा रत्नाकार महाविहार , हकबहालमा २०७६ जेष्ठ ३२ गते सुजक पद्धतिद्वारा प्राकृतिक शिवीर सञ्चालन गरेको र त्यहीँ स्थानमा  प्रत्येक शनिवार विहान सदस्य तथा स्थानीयको रक्तचाप जाँच कार्य गरिदै आइरहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७५/०७६ मा सो सो संस्थाको २९१ जना महिला र १६० जना पुरुष गरी ४५१ जना शेयर सदस्य , रु.१,१०,५९,७०० शेयर पूँजी , रु.१७,३७,२९,२५७/८६ बचत संकलन , रु.१२,३४,६०,५६१ र  रु.३१,६५,३३८/८९  खुद बचत रहेको छ भन्नुभयो । सो संस्थाले भावी कार्यक्रम अन्तर्गत सञ्चालक तथा लेखा सुपरीवेक्षण समिति र कर्मचारीहरुलाई तालिम प्रदान गर्ने , सीपमूलक तालिम प्रदान गर्ने , सदस्यहरुलाई सहकारी शिक्षा शिवीर सञ्चालन गर्ने , स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गर्ने , अन्य निकायसँगको सहकार्यमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने , भाग लिने र सहकारीमा युवाहरुको आक्रषण बढाउन युवा लक्षित कार्यक्रम गर्ने अध्यक्ष बज्राचार्यले पेश गर्नु भएको उक्त संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सो संस्थाका उपाध्यक्ष इच्छाहर्ष बज्राचार्यले सञ्चालन गर्नु भएको सो साधारणसभामा  त्यस संस्थाका कोषाध्यक्ष रवि बज्राचार्यले आर्थिक प्रतिवेदन  र लेखा सुपरीवेक्षण समिति संयोजक सुमेर बज्राचार्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले तिनवटै प्रतिवेदन सर्वसम्मतीले पारित गरेको थियो । त्यस अवसरमा उक्त संस्थाका सचिव सुशिल बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै सो संस्थाका अध्यक्ष करुणारत्ने बज्राचार्य ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को सह-अध्यक्षमा निर्वाचित हुनु भएकोमा उहाँलाई बधाई दिदै उहाँँ सहितको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई कार्य सफलताको लागि शुभकामना दिनुभयो ।

उक्त अवसरमा जिल्ला सहकारी संघ लि. , ललितपुरका लेखा सुपरीवेक्षण समिति संयोजक अनिलवीर बज्राचार्य , ललितपुर जिल्ला सहकारी संघ लि. का कोषाध्यक्ष दीपक घिमिरे , उक्त संस्थाका नि:वर्तमान अध्यक्ष आजु सिद्धिरत्न बज्राचार्य , अन्तर सहकारी सुरक्षण कोषका अध्यक्ष अनुपवीर बज्राचार्य तथा उक्त कोष अन्तर्गतका सहकारी संस्थाहरुका अध्यक्षहरु , रत्नाकर बौद्ध विहारका प्रमुख चक्रेश्वर आजु ,  ललितपुर बौद्ध विहार संघका महासचिव सुरेन्द्र बज्राचार्य ,  ललितपुर सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष विजयेन्द्र बज्राचार्य र सहकारीकर्मी किशोरभाइ बज्राचार्य अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।

Leave a Reply