सिवाईसी साकोस , बागलुङसँग एकीकरण गर्ने निर्णय गर्दै स्वाभिमान साकोस , भीमगिठे , बागलुङको ९औँ वार्षिक साधारणसभा हिजो सम्पन्न

0 Shares

बागलुङ जिल्लाको वडिगाड गाउँपालिका – ७ भिमगिठेमा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि. को ९औँ वार्षिक साधारणसभा बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि . सँग एकीकरण गर्ने सर्वसम्मतीले  निर्णय गरी हिजो सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

सो साधारणसभाको नेफ्स्कूनका सञ्चालक एवं सिवाईसी बचत तथाा ऋण सहकारी संंस्था लि. , बागलुङ बजारका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा उद्घाटन मन्त्वय व्यक्त गर्दै उहाँले नेपालमा सहकारी संस्थाहरुको एकीकरणको विकल्प छैन भन्दै धेरै स–साना संस्थाहरुले सदस्यहरुको आवश्यकता अनुसारको सेवा सुविधाहरु प्रदान गर्न सम्भव नभएको बताउनु भयो ।
उक्त संस्थाका अध्यक्ष नरवहादुर के.सी. को अध्यक्षतामा सम्पन्न सो साधारण सभामा त्यस संस्थाका सचिव दीपक रायमाझीले पेश गर्नु भएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रीता के.सी.ले पेेेश गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मतीबाट पारित भएको थियो । सो संस्थाका वरिष्ठ उपाध्यक्ष कमलवहादुर अधिकारीले स्वागत र  सचिव रायमाझीले सञ्चालन  गर्नुभएको उक्त साधारणसभामा सो संस्थाका संस्थापक अध्यक्ष जीतवहादुर थापा , सोही  संस्थाका शिक्षा उप-समिति संयोजक कृष्ण भट्टराई , बडिगाडगाउँपालिका  बडा नं. ९ का अध्यक्ष कृष्ण के.सी. , सोही गाउँपालिका वडा नं. ७ का वडा सदस्य दीपेन्द्र के.सी. ,  लगायतले शुभकामकना व्यक्त गर्नु भएको थियो ।

सो संस्था सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.सँग एकीकरण भएपछि हाल स्वाभिमान बचत तथा ऋण  सहकारी संस्था लि. रहेको स्थानमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि को सदस्य सेवा केन्द्र स्थानीय स्तरबाटै प्रभावकारी ढंगले सञ्चालन गर्ने जनाइएको छ ।

यसैगरी बागलुङ जिल्लाका सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि. , बुुुुर्तिवाङ र नमुना बचत तथा ऋण सहकारी लि. बीच पनि एकीकरण हुने भएको  छ ।

 

 

 

 

Leave a Reply