सिटिजन बैंक इन्टरनेशनल लि.को साधारणसभा आउदो असोज १० गते हुने

नेपाल राष्ट्र बैंकबाट ‘क’ श्रेणीको इजाजत प्राप्त सिटिजन्स बैंक इन्टरनेशल लि. को यही भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आउदो असोज १० गते सो बैंकको साधारणसभा गर्ने निर्णय गरेको उक्त बैंकले जनाएको छ । सो साधारणसभाबाट ४ जना सञ्चालक चयन हुने बताइएको छ । त्यसै गरी उक्त साधारणसभामा सो बैैंकको आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने तयारी भइरहेको उक्त बैंकको भनाई छ ।