महालक्ष्मी विकास बैंक लि., कोटेश्वर शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न

महालक्ष्मी विकास बैंक लि.को कोटेश्वर शाखा कार्यालयको नेेेेपाल राष्ट्र बैंकका, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले दीप प्रज्वलन गरी एक समारोहका बीच हिजो औपचारिक उद्घाटन गर्नु भएको छ । महालक्ष् विकास बैंक लि.का सञ्चालक समिति सदस्य राजेशकुमार रौनियारको अध्यक्षतामा भएको सो उद्घाटन समारोहमा सोही बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैँक लि.ले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको बताउदै आगामी दिनमा यस बैंकले अझै उत्कृष्ट प्रदान गर्दै बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर रुपमा अघि बढाइरहने विचार व्यक्त गर्नुभयो ।
५ लाख ग्राहकहरु रहेको महालक्ष्मी विकास बैंक लि, ले १०० वटा शाखा तथा ३५ वटा एटीएमहरुमार्फत देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा सेवा प्रदान गरिरहेको उक्त बैंकले जनाएको छ ।