कालीगण्डकी साकोस , गोंगबू , काठमाडौंको १४औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको खुद नाफा रु.१,१८,३०,०००

0 Shares

काठमाडौंको गोंगबूमा रहेको कालीगण्डकी सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ  लि. को १४औँ वार्षिक साधारणसभा जगतगुरु श्री हिमालय बाबाजीको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षतामा यही भदौ २१ गते शनिवार मण्डप पार्टी महल , गोंगबू चोक , काठमाडौंमा सम्पन्न भयो । प्रमुख अतिथि जगतगुरु श्री हिमालय बाबाजीले सो साधारणसभाको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले यस कालीगण्डकी सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. को प्रगति देख्दा मलाई खुशी लागेको छ भन्नुभयो । यस संस्थालाई मेरो आशिर्वाद रहेकोले  सबै सदस्यहरुलाई यस संस्थामा निर्धक्क भएर कारोवार गर्न उहाँले आग्रह गर्नुभयो । उक्त संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाले सो साधारणसभाको अध्यक्षता ग्रहण गर्दै कालीगण्डकीको किनार आसपासका सहित काठमाडौं उपत्यकामा आएर बसोवास गरिरहेका २५ भन्दा बढी जिल्लाका सदस्यहरुले यस  कालीगण्डकी सेभिङ्ग एण्ड क्रेडिट को-आपरेटिम लि. को सदस्य भएर कारोवार गरिरहेको बताउदै यस संस्थाले राम्रो प्रगति गरी आफ्ना सदस्यहरुलाई राम्रो प्रतिफल प्रदान गर्न सफल  भइरहेको छ भन्नुभयो । त्यस अवसरमा भूतपूर्व बनमन्त्री मीनबहादुर के.सी, भूतपूर्व सहकारीमन्त्री चम्पादेवी खड्का , नेशनल को-अपरेटर्स एलायन्स नेपालका सह-अध्यक्ष तथा माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. अन्नपूर्ण चोक , रिङ्गरोड , काठमाडौंका कार्यकारी अध्यक्ष गोविन्दप्रसाद शर्मा , जिल्ला सहकारी संघ लि. , काठमाडौंका सञ्चालक सदस्य अमरावती महराजन , वरिष्ठ अधिबक्ता मुकुन्द शर्मा पौडेल , राष्ट्रिय सहकारी बैंक लि. शाखा कार्यालय , गोंगबू , काठमाडौंका प्रमुख विनोद भट्टराईले सो संस्थाले गरिरहेको प्रगतिप्रति खुशी व्यक्त गर्दै थप प्रगतिको कामना व्यक्त गर्नुभयो।

उक्त साधारणसभामा जिल्ला सहकारी संघ लि. , काठमाडौंका सञ्चालक सदस्य समेत रहनु भएका कालिगण्डकी सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. का सचिव / प्रवन्ध सञ्चालक गणेशबहादुर के.सी.ले सो संस्थाको आर्थिक सहितको वार्षिक प्रतिवेदन पेश गर्दै यस कालीगण्डकी सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. आफ्ना सदस्यहरुप्रति उत्तरदायी भई संविधान , ऐन कानून र नियमावलीलाई पालना गर्दै विधि सम्मत ढंगबाट सञ्चालन भइरहेको बताउदै  प्रगतिपथमा अगाडि बढिरहेको यस संस्थाले आफ्ना  सदस्यहरुलाई राम्रो प्रतिफल प्रदान गर्नुका साथै सहकारीको सिद्धान्त , मूल्य र मान्यता अनुरुप सामाजिक उत्तरदायित्वको काम गरिरहेको छ भन्नुभयो । काठमाडौंको सहकारी अभियानमा महत्वपूर्ण योगदान गरिरहेको यस संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर , सरसफाई , जनचेतनामूलक शिक्षा , सामाजिक कार्यक्रमहरु सञ्चालन र सीपमूलक तालिमको व्यवस्था गर्नुका साथै सदस्यहरुको ईच्छा र चाहनालाई ध्यानमा राखी उत्पादनशील कार्यमा लगानी बढाउने सोच लिएको उहाँको भनाई थियो । उहाँले उक्त संस्थाको आर्थिक वर्ष २०७५/०७६ शेयर सदस्य ८४५ जना , शेयर पूँजी रु. ३,८८,७८,४००, निक्षेप संकलन रु.३९,६४,१५,५३३/१५ , कर्जा लगानीतर्फ रु.४१,४३,९४,४८१तथा अन्य लगानीतर्फ रु.६,६१,२०० र खुद नाफा रु.१,१८,३०,००० रहेको र आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.४,४०,००,००० , साधारण बचत रु.१,००,००,००० , विशेष बचत रु.२०,२५,००,००० र सञ्चालन मुनाफा रु.१,४६,३०,००० पु-याउने लक्ष्य रहेको बताउनुभयो । त्यस साधारणसभाले उक्त संस्थाको आर्थिक सहितको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गरेको थियो । उक्त अवसरमा त्यस संस्थाका शेयर सदस्यहरु अनिता बडुवाल , सपना पौडेल , हेलेन श्रेष्ठ , राधा कँडेल र  सुकबहादुर पुन मगरलाई सम्मान गरिएको थियो ।

 

Leave a Reply