काभ्रेपलाञ्चोक जिल्लाको आर्थिक विकास साकोस , पाँचखाल र मित्र साकोस , बनेपा वीच एकीकरण हुदै

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका – ४ मा रहेको आर्थिक बिकास बचत तथा ऋण सहकारी सस्था लि , र बनेपा नगरपालिका -४० मा रहेको मित्र बचत तथा ऋण सहकारी सस्था लि बीच एकीकरण भई २०७६ मंसिर १ गतेबाट दुबै सहकारी संस्थाको एकीकृत कारोवार शुरु हुने जानकारी प्राप्त भएको छ ।
आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सरोज सापकोटा र मित्र बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष बद्रीनाथ लुइँटेलले आज ती दुई सहकारी संस्थाबीच एकीकरण गर्ने गरी सम्झौता-पत्रमा हस्ताक्षर गरी सो सम्झौता-पत्र एक आपसमा हस्तान्तरण गर्नु भएको थियो ।