महिला शक्ति साकोस , बल्खूको ११औँ वार्षिक साधारणसभा सम्पन्न , शेय सदस्य र कूलपूँजी दोव्वर बनाउने संस्थाको योजना

काठमाडौंको बल्खुमा रहेको महिला शक्ति बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा यही असोज २१ गते शनिवार राष्ट्रिय सहकारी महासंघ लि.का संस्थापक अध्यक्ष दीपकप्रसाद बास्कोटाको प्रमुख आतिथ्यता तथा सो संस्थकी अध्यक्ष नानुमैया बास्तोलाको अध्यक्षतामा आदिनाथ सामुदायिक वन उपभोक्त समिति चोभार , काठमाडौंमा सम्पन्न भएको छ । सो साधारणसभाको प्रमुख अतिथि बास्कोटिले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उद्घाटन मन्ततव्य व्यक्त गर्दै प्रमुख अतिथि बास्कोटाले यस महिला शक्ति बचत तथा ऋण सहकारी संस्थाले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै महिलाहरुले चलाएका देशैभरीका सहकारी संस्थाहरुको व्याख्या विश्लेषण गर्नु भएको थियो । उहाँले सो सहकारी संस्थाले ११ औं बार्षिक साधारण सभा सम्पन्न गर्न सफल भएकोमा शुभ– कामना समेत व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा उक्त संस्थाकी अध्यक्ष बास्तोलाले २०६५ सालमा स्थापना भएको यो संस्था आजका दिनसम्म आईपुग्दा यसले वित्तीय कारोबारमा मात्र सिमित नभई सामाजिक उत्तरदायित्व अन्तर्गतका विविध कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको बताउनुभयो । उहाँले गत बर्षको तुलनामा यस संस्थाको कूलपूँजी, शेयर सदस्यहरुलाई आगामी बर्ष दोब्बर बनाउने योजना रहेको समेत जानकारी गराउनुभयो ।
त्यस अवसरमा सो संस्थाकी पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा. सुष्मा बराल बास्कोटा , डा. विन्दु शर्मा , संस्थाकी प्रमुख कार्यकारी अधिकृत जमुना दाहाल , व्यवस्थापक सुधा बास्कोटा लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
संस्थाले बार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिक , उत्कृष्ट ऋणी , एस.ई.ई. परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रा , बालसदस्य र संस्थामा कार्यरत रेखा घिमिरेलाईलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको थियो ।