नवकाभ्रेली सहकारी संस्था , महाबौद्धको १९औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाले सदस्यहरुलाई डिजिटल प्रविधिबाट सेवा प्रदान गर्दै

0 Shares

काठमाडौंको महाबौद्धमा रहेको नवकाभ्रेली बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं बार्षिक साधारण सभा नेपाल सरकारका प्रवक्ता तथा  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यता तथा सो संस्थाका अध्यक्ष गणेशबहादुर अधिकारीको अध्यक्षतामा यही भदौ २१ गते शनिवार  आध रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस कमलादीमा सम्पन्न भएको छ । उक्त साधारणसभाको उद्घाटन प्रमुख अतिथि बास्कोटाले  गर्नुभयो । त्यस अवसरमा
उद्घाटन मन्तव्य व्यक्त गदै मन्त्री  बास्कोटाले  नवकाभ्रेली बचत तथा ऋण सहकारी संस्थाले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै राज्यले सहकारी क्षेत्रलाई सक्दो सहयोग गर्दै जाने बताउनुभयो ।

त्यस अवसरमा उक्त संस्थाका अध्यक्ष अधिकारीले यस संस्थाले स्वास्थ्य , शिक्षा तथा औद्यागिक क्षेत्रमा लगानी गरी सुख र समृद्धिको आयाम सिर्जना गर्ने भन्दै  सहकारी संस्थाहरु देश निर्माण गर्ने पिल्लरको रुपमा स्थापित भएको बताउनुभयो ।

उक्त साधारणसभामा अतिथिको रुपमा नेफ्स्कूनका प्रतिनिधि उद्धव सापकोटा , कास्कूनका उपाध्यक्ष नवराज अर्याल , सहकारी विज्ञ , वडाका प्रतिनिधि , समाजसेवी लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो सभामा सोही संस्थाका सचिव रामहरि श्रेष्ठले सांगठनिक प्रतिवेदन , कोषाध्यक्ष जवाहरलाल श्रेष्ठले आर्थिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक रमा कुस्वार भण्डारीले लेखा सुपरीवेक्षण प्रदिवेदन पेश गर्नु भएको थियो ।  त्यस साधारणसभाबाट तीन वटै प्रतिवेदन छलफल गरी पारित भएका थिए ।

अन्तर्राष्ट्रिय सहकारीको मूल्य , मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको उक्त संस्थाले आफ्ना सदस्यहरुलाई नवकाभ्रेली एस.एम.एम बैंकिङ्ग अन्तर्गत सदस्यहरुलाई आफ्नो खाताको ब्यालेन्सको जानकारी , ऋणको विवरण , कारोबार लगायतका सुविधाहरु पनि प्रदान गर्दै आईरहेको छ भने आफ्ना सदस्यहरुलाई देश विदेशबाट आएको पैसा झिक्न र देश विदेशमा पैसा पठाउनको लागि विभिन्न कम्पनीका रेमिट्यान्स सेवाहरु समेत उपलब्ध गराउँदै आएको सोो अवसरमा जानकारी गराइएको थियो ।

सोही बार्षिक साधारण सभाको अवसरमा ७ औं रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो ।

Leave a Reply