पुष्कर साकोस , पुरानो सिनामंगलको १२औँ वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा पुन: मनमोहन

काठमाडौंको पुरानो सिनामंगल -पेप्सीकोलामा रहेको पुष्कर बचत तथा ऋण सहकारी संस्था लि. को १२औँ वार्षिक साधारणसभा यही भदौ २१ गते पुरानो सिनामंगलमा पुन: मनमोहन कुमार श्रेष्ठको अध्यक्षता सो संस्थाको नयाँ सञ्चालक समिति चयन गर्दै सम्पन्न भयो । उक्त सञ्चालक समितिको उपाध्यक्षमा विष्णुप्रसाद आचार्य , सचिवमा कोमलकुमार कोइराला , कोषाध्यक्षमा बशन्त बुढाथोकी तथा सञ्चालक सदस्यहरु क्रमश: अर्जुनबहादुर बस्नेत , गीता खनाल , शोभा गिरी , सीता धमला , शिवप्रसाद उप्रेती र मेनुका गुरागाई रहनु भएको छ । त्यस्तै उक्त संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजक ध्रुवराम आचार्य र सदस्यहरु चुडामणि बास्तोला र रमेश भण्डारी चयन हुनुभएको छ ।
सो संस्थाका अध्यक्ष मनमोहन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको सोही संस्थाका वरिष्ठ जेष्ठ सदस्य नारायणप्रसाद लामिछानेले उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा उक्त संस्थाका अध्यक्ष श्रेष्ठले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै यस पुष्कर बचत तथा ऋण सहकारी संस्था लि.ले वित्तीय कारोवार गर्नुका साथै सहकारीको सिद्धान्त , मुल्य र मान्यता अनुरुप सामाजिक उत्तरदायित्वका कार्य गरिरहेको बताउनुभयो । उहाँले समाजमा छरिरहेको स-सानो पूँजीलाई बचतको रुपमा परिचालन गरी समूहमा आवद्ध सदस्यहरुको जीवनस्तर उकास्न मद्धत गर्ने पवित्र उद्देश्यले १२ वर्ष अगाडि स्थापना भएको यस संस्थाको गरिमामय यो साधारणसभामा सदस्यहरुलाई १५.७१ प्रतिशत अर्थात करिव रु.४६,१४,००० लाभांश प्रदान गर्ने प्रस्ताव पेश गर्न पाउदा मलाई धेरै खुशी लागेको छ भन्नभयो । त्यस साधारणसभामा आर्थिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका कोषाध्यक्ष बशन्त बुढाथोकीले आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थामा १,७२२ जना शेयर सदस्य , रु. २,९३,७१,२०० शेयर पूँजी , रु.१३,९७,२९,६७०/९४ बचत , रु. १५,३७,८३,१४७/२५ कर्जा लगानी र रु.७३,८०,५६४/१९ खुद नाफा रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थाको शेयर पूँजी रु.३,३५,००,००० , बचत रु.१६,००,००,००० , कर्जा लगानी रु. १७,५०,००,००० र सञ्चालन मुनाफा रु.१,३३,००,००० पु-याउने लक्ष्य रहेको बताउनुभयो ।
उक्त संस्थाका उपाध्यक्ष विष्णुप्रसाद आचार्यले स्वागत र ऋण उप-समितिका सदस्य कृष्ण धितालले सञ्चालन गर्नु भएको सो साधारणसभामा सोही संस्थाका उत्कृष्ट बचतकर्ता अर्जुनबहादुर राउत , उत्कृष्ठ ऋणी : बिना धितोतर्फ रत्नबहादुर सिलवाल र धितोतर्फ जनकबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।