नेफ्स्कून ललितपुर फिल्ड कार्यालयको आयोजनामा नगद परिचालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ललितपुर फिल्ड कार्यालयको आयोजनामा ‘नगद परिचालकहरुको क्षमता अभिबृद्धि तालिम’ यही भदौ २५ गते कर्मचारी सञ्चयकोष भवन , लगनखेल, ललितपुरमा सम्पन्न भयो । नेफ्स्कूनका सञ्चालक सदस्य तथा नेफ्स्कून ललितपुर फिल्ड कार्यालयका उप-समितिका संयोजक नानीकाजी शाक्यले साकोसको वित्तीय सुरक्षा र गुणस्तरीयता अभिबृद्धि गर्न कर्मचारीहरुको भूमिका महत्वपूर्ण रहने भएकोले साकोस गुणस्तर सुनिश्चितताका कार्यक्रममा सहभागी हुनुु पर्नेमा जोड दिनुभयो । उहाँले संस्थालाई नीति, विधि र प्रविधिमा चलाउन संस्थाको वित्तीय अनुशासनलाई ध्यान दिनु पर्ने आवश्यकता औल्याउनुभयो । ललितपुर जिल्लाका २८ वटा साकोसहरुका ३० जना महिला र ३ जना पुरुष गरी ३३ जनाको सहभागिता रहेको सो तालिमको सहजिकरण नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमल्सिना र वरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिनाले गर्नुभएको थियो। नेफ्स्कून ललितपुर फिल्ड कार्यालयका ईन्चार्ज दिनेश गौतमले संयोजन तथा सञ्चालन गर्नु भएको उक्त तालिममा साकोसमा नगद परिचालकको जिम्मेवारीमा रहनु महत्वपूर्ण हुने भएकोले नगदको प्रभावकारी परिचालन , ढुकुटीमा सन्तुलन , भुक्तानी कुपन , काउण्टर स्लीप व्यवस्थापन ,सदस्य चासो र समस्या समाधान , सेवाको बिक्रीमा सहयोग, आधारभूत सहायक कार्यहरु गर्ने , प्रभावकारी रुपमा सेवाग्राहीलाई सम्बोधन गर्ने , संस्थाको वस्तु तथा सेवाको प्रवर्द्धन , व्यवसाय सिफारिश (बीमा र लगानीमा , सदस्यको रकम सुरक्षित रहेको विश्वस्त गराउने लगायतका भुमिकाका विषयमा चर्चा गरिएको थियो । सो तालिमका सहभागीहरुलाई नेफ्स्कून सञ्चालक नानीकाजी शाक्यले प्रमाण-पत्र प्रदान गर्नुभयो ।

