प्रदेश बचत तथा ऋण सहकारी संघ लि. , प्रदेश ३ दर्ताका लागि ३ नं. प्रदेश सरकार , सहकारी मन्त्रालय सकारात्मक
प्रदेश बचत तथा ऋण सहकारी संघ लि. , प्रदेश ३ दर्ताको लागि हेटौंडामा रहेको ३ नं. प्रदेश सरकार भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय सकारात्मक रहेको जानकारी प्राप्त भएको छ । सहकारीकर्मीहरुको टोलीले सो संघ दर्ताको लागि उक्त मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीसमक्ष यही भदौ २२ गते सो संघ दर्ताको लागि फाइल बुझाएका थिए ।
३ नं. प्रदेश अन्तर्गतका १३ वटा जिल्ला बचत तथा सहकारी संघ लि. र विभिन्न सहकारी संस्थाहरुको सहभागितामा हालै गठन भएको प्रदेश बचत तथा ऋण सहकारी संघ लि. , प्रदेश ३
तर्दथ समितिमको अध्यक्षमा उद्धव सापकोटा (काभ्रे) , उपाध्यक्षमा प्रकाश श्रेष्ठ (काठमाडौं) , महिला उपाध्यक्षमा राधा सिन्तान (मकवानपुर) , महासचिवमा जीवसराज खड्का (दोलखा) , सचिवमा कमलराज अधिकारी (काठमाडौं) , कोषाध्यक्षमा दापबहादुर श्रेष्ठ (धादिङ) तथा सदस्यहरुमा रामहरि केसी (दोलखा) र इन्द्र घिमिरे (ललितपुर) हुनुुुुहन्छ भने लेखा सुपरीवेक्षण समिति संयोजकमा केशव दंगाल (काठमाडौं) चयन हुुुनु भएको थियो ।
