प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि. , थसिखेलको १९औँ वार्षिक साधारणसभा सम्पन्न , माधवप्रसाद तिमिल्सिना सो संस्थाको अध्यक्षमा पुन: चयन

ललितपुरको थसिखेलमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि. को १९औँ वार्षिक साधारणसभा पुन: माधवप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्दै हिजो कोप फुडल्याण्ड थसिखेलमा सम्पन्न भयो । सो संस्थाका अध्यक्ष माधवप्रसाद तिमिल्सनाको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको भव्य समारोहका बीच भूतपूर्व मन्त्री तथा सांसद पम्पा भुषालले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै भूतपूर्व मन्त्री तथा सांसद भुषालले प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि. ले व्यवस्थित ढंगबाट वित्तीय कारोवार सञ्चालन गर्नुका साथै कृषि क्षेत्रमा गरिरहेको कार्य देख्ता खुशी लागेको बताउदै आयातलाई प्रतिस्थापन गर्न सहकारीले उत्पादनमूलक कार्य गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा बाधा /व्यबधान गर्ने ऐन/नियमलाई संशोधन गर्न आफूले सहयोग गर्ने बताउनुभयो । त्यस अवसरमा उक्त संस्थाका अध्यक्ष माधवप्रसाद तिमिल्सिनाले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै यस प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि. ले सहकारी मार्फत गरिने सदस्य सेवाका क्रियाकलाप र सदस्य विस्तायका लागि यस संस्थाको कार्यक्षेत्र ललितपुर , भक्तपुर , काठमाडौं , काभ्रेपलाञ्चोक , चितवन , मकवानपुर र धादिङ जिल्लाभर बिस्तार गर्न सफल भएको बताउदै यस संस्थाले स्वीकृत कार्यक्षेत्रभित्रका सदस्यहरुलाई सहजै वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्नको लागि मुख्य कार्यालयका अतिरिक्त ५ स्थानमा रहेका सदस्य सेवाकेन्द्र मार्फत सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले यस संस्थाले सदस्यहरुको जीवन स्तरलाई सकारात्क रुपान्तरण गर्न , उनीहरुको आय आर्जन , विषयगत क्षमता बढाउन , सामाजिक सद्भाव अभिबृद्धि गरी सदस्यहरुकोसम्बृद्धि र अर्थ व्यवस्थालाई गतिशील बनाउन हामी हाम्रो १९ वर्षको यात्रामा सफल भएका छौँ भन्दै सहकारी सञ्चालन र व्यवस्थापनमा भएका हाम्रा असल अभ्यास र सदस्यमुखी गतिविधि मार्फत सहकारी अभियानमा हामीले राष्ट्रिय योगदान पु-याउन सफल भएको बताउनुभयो । सोही सभामा उक्त संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै उक्त संस्थाकी कोषाध्यक्ष कुञ्जना घिमिरेले आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थाको शेयर पूँजी रु.४,७९,७२,६०० , निक्षेप हिसाव रु.४९,५१,८५,५३८ , कर्जा तथा सापटी रु. ४४,८०,६६५४८ , लगानी हिसाव रु.३,५०,९१,२५६ र आम्दानी रु.११,७३,५३,००० रहेेेेको बताउनुभयो ।
त्यस अवसरमा सो संस्थाका लघुवित्त समूहहरुलाई सम्मान गरिएको थियो । सो संस्थाले सञ्चालन गरेको कृषि कार्यक्रम अन्तर्गत उत्पादित कृषिजन्य सामाग्री तथा त्यस संस्थाका सदस्यहरुले उत्पादन गरेका उत्पादित जिनीस उक्त अवसरमा विक्रीका लागि स्टल राखिएको थियो । सोही अवसरमा कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुती गरेका थिए भने ढेङ्गु रोगको बारेमा चेतनामूलक मन्तव्य व्यक्त गरिएको थियो ।