हितैषी साकोस , अर्मलाको ७औं साधारणसभा सम्पन्न

हितैषी बचत तथा ऋण सहकारी संस्था लि. , पोखरा महानगरपालिका–१६ , अर्मलाको ७औँ बार्षिक साधारणसभा आज सो संस्थाका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा विन्ध्यवासिनी पार्टि प्यालेशमा सम्पन्न सम्पन्न भएको खबर प्राप्त भएको छ । नेफ्स्क्कूनका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक भीमबहादुर गुरुङ्गले ब्यानरमा हस्ताक्षर गरी एक समारोहका बीच उद्घाटन गर्नुु भयो ।
त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनका सञ्चालक गुरुङले नेफ्स्कूनले बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको विकास र प्रवर्द्धनका लागि विभिन्न किसिमका तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।सोही साधारणसभामा उक्त संस्थाका अध्यक्ष कार्कीले सो संस्थाको वार्षिक प्रतिवेदन गर्दै यस हितैषी बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वको कार्य पनि सँगसँगै गरिरहेको छ भन्नुभयो । सो साधारणसभाले सो वार्षिक प्रतिवेदन र सोही संस्थाका कोषाध्यक्षले पेश गर्नु भएको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गरेको थियो । त्यस संस्थाका ५०० शेयर सदस्यहरुको उपस्थिति रहेको उक्त साधारणसभामा सोही संस्थाका जेष्ठ शेयर सदस्य , उत्कृष्ट बचतकर्ता तथा नियमित बचतकर्ता र वाल बचतकर्ता , उत्कृष्ठ ऋणी , उत्कृष्ट सञ्चालक , उत्कष्ठ रेमिटान्स कारोवार गर्ने सदस्य , उत्कृष्ठ कर्मचारीलाई सम्मान गरिएको थियो । त्यसैगरी सो संस्थाका शेयर सदस्यहरुका छोरीछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ण जी.पी.ए. ल्याएर उत्तीर्ण छात्रछात्रालाई नगद पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिएको थियो । त्यस अवसरमा सोही संस्थाक हितैषी बुलेटिन अङ्क १ , बर्ष १ को समेत विमोचन गरिएको थियो । उक्त सभाले संस्था सञ्चलानार्थ आवश्यक वि ८ वटा नीति तथा कार्यविधिहरु समेत पारित गरेको थियो ।