सिम्बोलिक साकोस , जडिबुटीको ८औँ वार्षिक साधारणसभा सम्पन्न , जयराम गिरीको अध्यक्षतामा नयाँ सञ्चालक समितिको चयन

0 Shares

प्रदेश नं. ३ का सभासद रत्नप्रसाद ढकालले प्रदेश  नं. ३ अन्तर्गतका सहकारी संस्थाहरुको विकास र प्रवर्द्धनका लागि पहल गर्ने र प्रदेश नं. ३ को ऐन / नियम सहकारीमैत्री  बनाउन आफूले सहयोग गर्ने बताउनुभएको छ । काठमाडौंको कोटेश्वर -जडिबुटीमा रहेको सिम्बोलिक बचत तथा ऋण सहकारी संस्था लि.को ८औँ वार्षिक साधारणसभाको यही भदौ २८ गते भव्य समारोहका बीच उद्घाटन गर्दै उहाँले यस सिम्बोलिक बचत तथा ऋण सहकारी संस्थाले गरिरहेको प्रगति देख्ता आफूलाई खुशी लागेको बताउदै यो संस्था नाम अनुसारकै यो प्रदेश के सिम्बोलिक बनोस भनी शुभकामना दिनुभयो । सोही साधारणसभामा  सो संस्थाका अध्यक्ष जयराम गिरीले उक्त संस्थाको  वार्षिक प्रतिवेदन पेश गर्दै यस संस्था दिनानुदिन आर्थिक तथा सामाजिक हिसाबले  फड्को मार्दै सबल बन्दै अगाडि बढिरहेको छ भन्नुभयो ।

सामाजिक उत्तरदायित्वका कार्य गरिरहेको यस संस्थाले सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराई आयमूलक क्षेत्रमा लगानी गरी सदस्यहरुको आर्थिक उत्थानमा टेवा पुर्याउने लक्ष्यका साथ काम गरिरहेको उहाँको भनाई थियो।

सो संस्थाका अध्यक्ष जयराम गिरीको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा सोही संस्थाका कोषाध्यक्ष हरिराम गिरीले  त्यस संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थामा शेयर सदस्य १,२१० , शेयर पूँजी रु. २ करोड १५ लाख ४५ हजार , बचत संकलन रु. ५ करोड ४५ लाख ४८ , ऋण लगानी रु. ६ करोड ६५ लाख ४३ हजार , कूल कारोबार रु. ७ करोड ९० लाख र संस्थाको कर्जा नोक्सानी तथा संरक्षित कोषहरुमा २६ लाख ४७ हजार रहेको र त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने यस संस्थाको योजना रहेको बताउनुभयो । उहाँले सहकारी सन्दर्भ व्याजदर  जस्ता कुराहरुले संस्था सञ्चालनमा समस्या परिरहेको छ भन्नुभयो ।
सो साधारण सभाले उक्त संंस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गर्दै जयराम गिरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन ग-यो ।

Leave a Reply