बालकुमारी साकोस , नयाँ थिमिको आयोजना सम्पन्न रक्तदान कार्यक्रममा १०० जना रक्तदाता गरे रक्तदान

भक्तपुरको नयाँ थिमिमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.को २०औं स्थापना दिवसको अवसरमामा सो संस्थाको आयोजना र भक्तपुर रक्त सञ्चार केन्द्रको सहयोगमा शंखधर चोकमा यही भदौ २८ गते बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा १०० जना रक्तदाताले रक्तदान गरेको आयोजक संस्थाले जनाएको छ । उक्त रक्तदान कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई होही संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले प्रमाण-पत्र तथा टीसर्ट प्रदान गर्नु भएको थियो । विगत लामो समयदेखि उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो स्थापना दिवसको अवसर पारेर सो संस्थाले रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको सोही संस्थाका अध्यक्ष श्रेष्ठको भनाई छ ।
१९ वर्ष अगाड स्थापना उक्त संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा सदस्य ५ हजार , शेयर पूँजी रु. ८ करोड ४७ लाख ४१ हजार , बचत संकलन रु. १ अर्ब १८ करोड २० लाख तथा ऋण लगानी ९५ करोड ८३ लाख ९७ हजार रहेको सो संस्थाले बताएको छ ।