शंखधर साकोस , शंखधरचोकको १२औँ वार्षिक साधारणसभा सम्पन्न , रामसुन्दर श्रेष्ठ पुन: अध्यक्ष

0 Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ४, शंखधरचोकमा रहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि. को १२औँ वार्षिक साधारणसभा यही भदौ २१ गते शंखधर पार्टी प्यालेसमा प्रदेश नं. ३ का सभासद  डा. राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको खबर प्राप्त भएको छ  ।

सो साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले यस शंखधर साकोसले छोटो समयमा गरेको प्रगति देख्ता आफूलाई खुशी लागेको बताउदै सहकारीको विकास र प्रबर्द्धनमा आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । उहाँले यस संस्थाले थिमिको मौलिक संस्कृति , कला र सम्पदा संरक्षणका क्षेत्रमा काम गरिरहेको छ भन्नुभयो । सो साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष श्रेष्ठले राष्ट्रिय विभूति शंखधर साँख्वाको नामबाट सञ्चालन भइरहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथे सामाजिक उत्तरदायित्वको कार्य गरिरहेको बताउनुभयो ।

उहाँले भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ४ , ५ र ६ मा कार्यक्षेत्र रही ३० जना शेयर सदस्यहरुको रु.१,५०,००,००० शेयर पूँजीबाट  २०६४ कार्तिक २६ गते म्ह: पूजाको दिनबाट आर्थिक कारोवार शुभारम्भ  गरेको यस संस्थाले हाल मध्यपुर थिमि नगरपालिका तथा साविकका दुवाकोट , बालकोट , दधिकोट ,कटुञ्जे , सिरुटार र गुण्डुका शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको बताउदै आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थामा २,९९८ जना शेयर सदस्य , रु.३,३८,५५,२०० शेयर पूँजी , रु.३३,६२,२८,२०६/३० , कुल ऋण लगानी रु.२९,६१,७४,५७३/०८ र खुद बचत रु.१,००,१९,९१४/१८ रहेको बताउनुभयो ।

सो अवसरमा उक्त संस्थाका जेष्ठ शेयर सदस्यहरु तर्फ बद्धिकुमार राजबाहक र नानीमाया को श्रेष्ठ  , उत्कृष्ठ नियमित बचतकर्ता सविन प्रजापती , उत्कृष्ठ वाल बचतकर्ता जयसनश्रेष्ठ , उत्कृष्ठ कारोवारकर्ता लक्ष्मीकृष्ण कुटु र शैक्षिक सम्मानतर्फ  रोजा श्रेष्ठ , र सुजिन प्रजापतीलाई सम्मान गरियो । उक्त कार्यक्रममा आदर्श मा.वि. लायकु थिमिका छात्रा अनुशा श्रेष्ठ र वालप्रेमी मा.वि. थिमिका छात्र पवन श्रेष्ठलाई छात्रबृत्ति प्रदान गरियो ।  सोही अवसरमा बेकरी तालिम प्रशिक्षक सजना नकर्मी , रेडक्रस सोसाइटी उप-शाखा कार्यालय थिमि , शिक्षा तथा अभिमुखीकरण कार्यक्रम प्रशिक्षक उमेश्वरनाथ गोङगल , सिटी.आई. केयर सेन्टर र जीवन विज्ञान जिल्ला परिषद भक्तपुरलाई कदर-पत्र प्रदान गरिएको थियो  । सोही संस्थाका उपाध्यक्ष सत्यसुन्दर श्रेष्ठले स्वागत र सचिव केशवमान श्रेष्ठले सञ्चालन सञ्चालन गर्नु भएको सो साधारणसभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का उपाध्यक्ष हरि बल , स्पेकका अध्यक्ष रत्नकृष्ण श्रेष्ठ , मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ लगायतले उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो ।

उक्त साधारणसभाले सो संस्थाको आगामी ४ वर्षे कार्यकालका लागि पुन: रामसुन्दर श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । उक्त सञ्चालक समितिको उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ , सचिवमा लक्ष्मीभक्त श्रेष्ठ , कोषाध्यक्षमा रामबहादुर श्रेष्ठ तथा सदस्यहरुमा केशवमान श्रेष्ठ , हेरेन्द्र बज्राचार्य र न्हुछेराज बज्राचार्य तथा लेखा सुपरीवेक्षण समितिको संयोजकमा रत्नसुन्दर श्रेष्ठ र सदस्तहरु हीरासुन्दर श्रेष्ठ र सरिता श्रेष्ठ रहनु भएको छ ।

Leave a Reply