ज्योतिपुञ्ज साकोस , नयाँ बानेश्वरको ९ औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कूल सम्पति रु.१,३७,००,७७,७७०/९१ , नवराज कार्की पुन: अध्यक्ष चयन

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय तथा काठमाडौं कै कागेश्वरी मनहरा नगरपालिकाको बीरेन्द्रचोक तथा ललितपुरको कुमिरीपाटीमा (आफ्नै भवनमा) सदस्य सेवा केन्द्र सञ्चालन गरिरहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि. को ९औँ वार्षिक साधारणसभा यही भदौ २१ गते सोही संस्थाका अध्यक्ष नवराज कार्कीको अध्यक्षतामा ललितपुरको बालकुमारी खरिबोट स्थित मण्डला हाउस पार्टी प्यालेसमा सम्पन्न भएको सो संस्थाले जनाएको छ । उक्त साधारणसभाको उद्घाटन गर्दै सहकारी विभागका प्राचार्य उपेन्द्रबहादुर ढुङ्गानाले यस ज्योतिपुञ्ज साकोसको सबै सुचांक हेर्दा यो संस्था व्यवस्थित ढंगबाट राम्रोसँग सञ्चालन भइरहेको देख्ता खुशी लागेको छ भन्दै सहकारी संघ/ संस्थाहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी भएर व्यवस्थित र मर्यादित ढंगबाट सञ्चालन हुनु पर्नेमा जोड दिनुभयो । सो साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष कार्कीले मन , बचन र कर्मले नीति , नियम र सदस्यहरुप्रति बफादार भई समयानुकूल नवीनतम सोच लिएर आठ वर्ष अगाडि हामीले जन्माएको हाम्रो समुदायको शिशु सहकारी ज्योतिपुञ्ज आज भरपर्दो र परिपक्व संस्थाको रुपमा फड्को मारेर अघि बढ्दै छ र यो संस्था सहकारी क्षेत्रमा आफ्नो विशेष पहिचान बनाउने अभियानमा गतिमान छ भन्नुभयो । सदस्यहरुको जीवनस्तर उकास्ने उद्देश्यले सदस्यहरुलाई वित्तीय सेवा प्रदान र सामाजिक उत्तरदायित्वको कार्य गरिरहेको बताउदै उहाँले यस संस्थाबाट लिएको ऋणको सही सदुपयोग गर्दै नियमित किस्ता बुझाउने बानीको विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षको पहिलो महिनाबाटै लागू हुने गरी नियमित र अवधिभित्र मासिक किस्ता तिर्ने ऋणी सदस्यलाई किस्ता बमोजिम पाकेको व्याजमा ३ प्रतिशत व्याज रकममा छुट दिइने बताउनुभयो । उहाँले यस संस्थामा आर्थिक वर्ष २०७४/०७५ मा शेयर पूँजी रु.८,७३,४९,३०० , निक्षेप संकलन रु.९०,३०,२३,८७५/८५ , ऋण लगानी रु.८८,५७,७०,२०२/२४ , जगेडा तथा कोषहरु रु.४,०१,९०,५७२/८८ , कूल मुनाफा(कर कट्टी अघि) रु.२,७१,२४,३००/६९ र कूल सम्पति रु.१,१२,४७,०८,९३६/४० र आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु. ८,९७,२१,९०० ,निक्षेप संकलन रु.१,०३,२५,१५,९५३/३९ , ऋण लगानी रु.१,०९, ३५,३०,३४८/७४ , जगेडा तथा कोषहरु रु.६,०७,२९,२१२ , कूल मुनाफा (कर कट्टी अघि) रु.३,३१,४९,३४६/१६ र कूल सम्पति रु.१,३७,००,७७,७७०/९१ रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु. ९,५०,५१,००० , निक्षेप संकलन रु.१,१७,८०,००,००० , ऋण लगानी रु. १,२५,५३,००,००० जगेडा तथा कोषहरु रु.८,५७,९८,००० , कूल मुनाफा (कर कट्टी अघि) रु.४,१०,०४,००० र कूल सम्पति रु. १,५०,७८,००,००० पु-याउने लक्ष्य रहेको बताउनुभयो । नेफ्स्कूनका अन्तर लगानी अधिकृत मनोज बुढाथोकीले सञ्चालन र सोही संस्थाका सचिव नविन श्रेष्ठले स्वागत गरेको उक्त साधारणसभाले सो संस्थाको वार्षिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरी पुन: नवराज कार्कीको अध्यक्षतामा सो संस्थाको सञ्चालक समिति चयन गरेको थियो ।
