शुभश्री साकोस , थिमिको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न , १८० जनाको स्वास्थ्य जाँच र १४८ जनाको दन्त परीक्षण गरियो
भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ४ , शंखधर चोक , थिमिमा “आर्थिक तथा सामाजिक विकासका लागि बचत गरौँ” भन्ने नाराका साथ सञ्चालन भइरहेको रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही भदौ २८ गते शनिवार सोही संस्थाको प्राङ्गडमा १ दिवसीय ‘शुभश्री नि:शुल्क स्वास्थ्य शिविर-२०७६ सम्पन्न भयो । विजया दशमी -२०७६ को उपलक्ष्यमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सम्पन उक्त स्वास्थ्य शिविर शंखधर फार्मेसी तथा डेण्टोकेयर नेपाल शंखधर चोकको सहकार्यमा सञ्चालन भएको थियो ।
सो स्वास्थ्य शिविरमा शंखधर फार्मेसीका डा.चन्द्र ओली , प्रवेशपिला श्रेष्ठ , सविना प्रजापती र सरु प्रजापतीको टोलीले १८० जनाको स्वास्थ्य जाँच गर्नुका साथै डेण्टोकेयर नेपालका डा. विपिन ख्वाजु , डा. आशिष श्रेष्ठ , श्रुती श्रेष्ठ र जुली ख्वाजुको टोलीबाट १४८ जनाको दन्त परीक्षण गरिएको आयोजक शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. का कोषाध्यक्ष तथा प्रवन्ध सञ्चालक रत्नमान श्रेष्ठले सहकारी सञ्जारलाई बताउनुभयो ।






























