उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि. को १३औँ वार्षिक साधारणसभा सम्पन्न , पूर्णप्रसाद पलाञ्चोके अध्यक्षमा पुन: चयन
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका – ७ , बनेपा बजारमा रहेको उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.को २०७६ भाद्र २८ गते १३औँ वार्षिक साधारण सभा बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको अध्यक्षतामा बनेपामा सम्पन्न भयो ।
प्रमुख अतिथि बादेले सो साधारणसभाको उद्घाटन गर्दै नियमित अनुगमन गरी सहकारीलाई जोखिममुक्त गरिने बताउनु भएको थियो । त्यस अवसरमा बनेपा न.पा.वडा नं ७ का वडा अध्यक्ष बर्ण शाक्यले बनेपा बजारमा ब्यबस्थापन हुन नसकेको फोहोरको कारण आफूलाई बाहिर निस्कन गाह्रो भएको र बनेपा बजारलाई फोहर रहित तुल्याउन आफू प्रयासरत रहेको बताउनु भएको थियो । त्यस अवसरमा बहुउद्ददेश्यीय सहकारी सघ लि. , काभ्रेपलाञ्चोकका सञ्चालक हरिबहादुर श्रेष्ठले सहकारीमा बहुउद्धेश्यीय कारोबार गर्न चुनौती रहेको बताउनु भयो । सो संस्था प्रमुख कार्यकारी कृष्णभक्त थापाले स्वागत मन्तव्य तथा उपाध्यक्ष पुष्पकाजी श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको उक्त साधारणसभामा सोही संस्थाका सचिब दियेसरत्न शाक्यले सचिबको र लेखा सुपरीबेक्षण समितिको बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले पेश गर्नु भएको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा संस्थाको शेयर पूँजी रु.५ करोड २१ लाख २५ हजार ,कुल वचत रु. ५७ करोड १७ लाख ९८ हजार ,कुल कर्जा सापट रु. ५२ करोड ५७ लाख २९ हजार , खुद बचत(नाफा) रु.१ करोड ५३ लाख ५५ हजार गरी जम्मा सम्पति रु. ७२ करोड ७२ लाख १९ हजार रहेको उल्लेख गरिएको छ ।
उक्त साधारण सभाबाट ४ बर्षे कार्यकालको लागि पूर्णप्रसाद पलाञ्चोकेको अध्यक्षतामा उक्त संस्थाको सञ्चालक समिति निर्विरोध चयन भएको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा पुष्पकाजी श्रेष्ठ , सचिबमा दियेसरत्न शाक्य ,कोषाध्यक्षमा लक्ष्मीलाल राजभण्डारी र सदस्यहरु कमश: प्रकाशचन्द्र जोशी , उद्धवप्रसाद तिमिल्सिना , श्यामकृष्ण श्रेष्ठ , बिद्या कोख श्रेष्ठ प्रधानांग र दिब्यश्वरी लाखे पोटे तथा लेखा सुपरीबेक्षण समितिको संयोजकमा शान्तीराज कायष्थ , सदस्यहरुमा महेश्वरभक्त भोछिभोया र सुधीर पलाञ्चोके चुनिनु भएको छ ।
त्यस साधारणसभामा सोही संस्थाका जेष्ठ शेयर सदस्य तथा संस्थामा उत्कृष्ठ कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।
