चाँगुनारायण नगरपालिकाले सहकारी संस्थाबाट कुनै पनि प्रकारको कर संकलन नगरेको र सहकारी मैत्री ऐन कानुनको निर्माण गरेको छ : मेयर मिश्र , सहकारीमा सन्दर्भ व्याजदर सान्दर्भिक छ : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष लाखाजु

0 Shares

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. , भक्तपुरको चाँगुनारायण नगर सहकारी समन्वय उप-समिति आयोजनामा सहकारीमा सन्दर्भ व्याजदर र कर सम्बन्धी अन्तर्क्रिया कार्यक्रम

२०७६ भाद्र २९ गते चाँगुनारायण नगरपालिका कार्यालयको बैठक हल, खरिपाटी , भक्तपुरमा सम्पन्न भयो । सो कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिकाले सहकारी संस्थाबाट कुनै पनि प्रकारको कर संकलन नगरेको र सहकारी मैत्री ऐन कानुनको निर्माण गरेको कुरा बताउनुभयो । उहाँले सहकारी समुदायको हो , तसर्थ सहकारीे सिद्धान्त समुदायप्रतिको चासो अन्तर्गत सहकारी नियमावलीमा व्यवस्था भएको समुदाय विकास कोष मार्फत समुदायको विकास निर्माण कार्यमा सहयोग पुग्ने अपेक्षा राख्नुभयो ।
चाँगुनारायण नगरपालिकाका सहकारी उप-शाखा प्रमुख भुवनहरि अधिकारीले चाँगुनारायण नगरपालिकाले सहकारी संस्था एक पटक दर्ता भई सकेपछि कतै दर्ता र नवीकरण गर्न नपर्ने निकाय भएकोले सहकारीलाई सूची दर्ता तथा नवीकरण दस्तुर भनी कुनै पनि शीर्षकमा कर उठाएको छैन भन्नुभयो । उहाँले चाँगुनारायण नगरपालिकामा रहेका सम्पुर्ण सहकारीलाई अनुगमन गरी सहकारी संस्थाहरुको संस्थागत सवलीकरणको लागि काम गर्दे आएको कुरा बताउनुभयो ।
त्यस अवसरमा सो कार्यक्रमको अध्यक्षता गर्नु भएका भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी अभियानलाई बलियो बनाउन चाँगुनारायण नगरपालिकाले खेल्दै आएको भूमिका प्रति खुशी व्यक्त गर्दै सहकारीमा सन्दर्भ व्याजदर सान्दर्भिक रहेको विचार व्यक्त गर्नुभयो । सोही कार्यक्रममा उक्त संघका उपाध्यक्ष हरि बल्लले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै भक्तपुरको अरु नगरपालिकाहरु भन्दा चाँगुनारायण नगरपालिका सहकारीप्रति सकारात्मक भई ऐन/ नियम निर्माण गरेको बताउनुभयो । उक्त संघका सञ्चालक एवं चाँगुनारायण नगर सहकारी समन्वय उप-समितिका संयोजक चण्डिका छुंकाले स्वागत मन्तव्य गर्नु भएको सो कार्यक्रममा सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीमा कर र आर्थिक विधेयकको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस कार्यक्रममा चाँगुनारायण नगरपालिका भित्र सञ्चचालनमा रहेेेका बचत तथा ऋण सहकारी संस्थाहरुबाट २४ जनाको सहभागिता रहेको थियो

Leave a Reply