गंगाजल बहुउद्देश्यीय सहकारी संस्था लि. ८औँ वार्षिक साधारणसभा सम्पन्न , निक्षेप संकलन रु. २४,२५,३६,३१७

ललितपुरको मानभवनमा रहेको गंगाजल बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष नीरबहादुर श्रेष्ठले सरकारले ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई सार्थक बनाउनका लागि पनि सहकारीसँग समन्वयात्मक सम्बन्ध राखी काम अगाडि बढाउनु पर्ने आवश्यकता छ भन्नुभयो । आज गंगाजल बहुउद्देश्यीय सहकारी संस्था लि.को आफ्नै कार्यालयको हलमा सम्पन्न भएको उक्त संस्थाको ८औँ वार्षिक साधारणसभामा सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्ने क्रममा उहाँले सो कुरा बताउदै हाम्रो यस संस्था सहकारी सिद्धान्त , सहकारी ऐन , २०७४ र सम्पति शुद्धिकरण निर्देशिका , २०७४ ले दिएका क्षेत्राधिकारभित्र रहेर आफ्नो सशक्त भूमिका निर्वाह गर्दै अगाडि बढिरहेको बताउनुभयो । उहाँले यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.१,८९,४५,४०० , निक्षेप संकलन रु.२४,२५,३६,३१७ र कर्जा तथा सापटी रु.२२,८६,२४,१२६ रहेको छ भन्नुभयो । त्यस साधारणसभामा उक्त संस्थाकी लेखा सुपरीवेक्षण समिति संयोजक मनिषा श्रेष्ठले सोही संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्दै यस संस्थाको ऋण लगानी तथा असुली नीति बमोजिम सदस्यहरुले पेश गरेको निवेदनका साथै आवश्यक कागजातहरुको अध्ययन गरी ऋण उप-समितिको सिफारिसमा सञ्चालक समितिको निर्णय बमोजिम ऋण लगानी गर्ने गरेको पाइएको छ भन्दै यस सस्थामा महिला र पुरुष गरी २९ जना कर्मचारीहरु कार्यरत रहेको बताउनुभयो ।