नेपाली सेनाका महासेनानी यामबहादुर अधिकार’प्रतिक्षाको सहायक रथीमा बडुवा’

0 Shares

तत्कालीन नेकपा( माओवादी)को जनमुक्ति सेना नेपाली सेनामा समायोजन हुँदा नेपाली सेनाको महासेनानी भएका यामबहादुर अधिकारीलाई नेपाल सरकारले सहायक रथी पदमा बढुवा गरेको छ । उहाँलाई प्रधान सेनापति राजेन्द्र क्षेत्रीले दर्ज्यानी चिन्ह लगाई दिनु भएको थियो । जङ्गी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले सहायक रथीको नयाँ पद श्रृजना गरी उहाँलाई ४ वर्षका लागि सो पदमा बढुवा गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको भनाई छ । अधिकारीले आफूलाई सहायक रथी पदमा बढुवा गर्न माग गरी जङ्गी अड्डामा निवेदन दिएको र लविङ्ग समेत गरेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

यता अधिकारी नेपाली सेनाको सहायक रथी भएपनि उनीसँगै लडाई लडेका जनमुक्ति सेनाका लडाकूहरु , जसले ऐच्छिक अवकास रोजेका दिए , को अवस्था त्यति राम्रो देखिएको छैन । तिनीहरुमध्ये कतिपय प्राइभेट सेक्युरिटी कम्पनीमा रहेर जागीर गरिरहेका भेटिइन्छन् भने कतिपय वैदेशिक रोजगारीमा गएका छन् । तिनीहरुलाई  राज्यले समय मै उचित व्यवस्था गर्नु पर्ने देखिन्छ ।

 

 

 

Leave a Reply