गुडविल साकोस , चावहिलको ११औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको सञ्चालन नाफा रु.७७,७६,६५९/६६

0 Shares

काठमाडौंको चावहिलमा प्रधान कार्यालय र  शंखमुलमा सदस्य सेवाकेन्द्र रहेको गुडविल बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ वार्षिक साधारणसभा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष निरबहादुर सुनुवारको अध्यक्षतामा २०७६ भाद्र २७ गते कुशल बैंक्वेट , बौद्ध , काठमाडौंमा सम्पन्न भयो । उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पौड्यालले पहिले- पहिले केही सहकारी संस्था भागेकाले अहिले पनि सदस्यहरुले सहकारीलाई राम्रोसँग  विश्वास गरेको नदेखिएकोले नेफ्स्कूनले सहकारी संस्थाहरु नभागुन र तिनीहरु मर्यादित र व्यवस्थित ढंगबाट सञ्चालन हुन सकुन् भन्ने उद्देश्यले नियन्त्रण तथा विकास र प्रवर्द्धन गर्ने नीति लिएको र यो संस्था पनि नेफ्स्कूनमा आवद्ध भएकोले सदस्यहरुलाई नडराई ढुक्क भएर यस संस्थामा कारोवार गर्न आग्रह गर्नुभयो । सो अवसरमा काठमाडौं महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुद्धबहादुर डंगोल र जिल्ला सहकारी संघ लि. , ललितपुरका सञ्चालक सदस्य राजु खतिवडाले शुभकामना मन्तव्य व्यक्त गर्दै स्थापना भएको छोटो समयमा यस संस्थाले गरेको प्रगतिप्रति खुशी व्यक्त गर्दै यसको थप प्रगतिको कामना गर्नुभयो। उक्त साधारणसभामा सो संस्थाको वार्षिक प्रतिवेदन प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष निरबहादुर सुनुवारले देशले अवलम्बन गरेको खुल्ला आर्थिक नीतिले सिर्जना गरेको अवसर र त्यसबाट प्राप्त प्रतिफललाई जनमानससम्म पु-याउने र सदस्यको आर्थिक , सामाजिक तथा सांस्कृतिक स्थिति सुधार गर्न र गराउन सकिन्छ भन्ने उद्देश्यले आजभन्दा ११ वर्ष अगाडि २६ जना शेयर सदस्यहरु मिलेर स्थपना भएको गुडविल बचत तथा ऋण सहकारी संस्था लि. मा आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य १,५३७ , शेयर पूँजी रु.३,०५,३४,८०० , जगेडा कोष रु.१२,२६,२६६ , निक्षेप संकलन रु.३०,९४,२३,१९९/२५ , कर्जा लगानी रु.२५,४६,६८,०५४/१४ र सञ्चालन मुनाफा रु.७७,७६,६५९/६६ रहेको बताउनुभयो । संस्थाले प्रदान गर्ने सेवा सुविधालाई अझ प्रतिस्पर्धी , गुणस्तरीय र उच्चस्तरीय बनाई प्रमाणिकरण गर्न नेफ्स्कूनको अगुवाईमा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम PROBATION मा यो संस्थाले सहभागिता जनाएको बताउदै उहाँले स्वदेश तथा विदेशमा रहनु भएका शेयर सदस्य महानुभावहरुका आफन्तहरुले पठाएको रकम सहज तरिकाले प्राप्त गर्न र स्वदेशका विभिन्न ठाउँहरुमा तुरुन्त पैसा पठाउनका लागि भरपर्दो माध्यमहरु Western union , prabhu MoneyTransfer , IME Remit , City Express , Nabit Remit , Sewa Money Transfer , United Remit , Reliable Remit , Sumeru Remit ,  Express Money Transfer , CG Finco र Himal Remit को रेमिट्यान्स सेवा प्रदान गर्दै आएको र अन्य रेमिट्यान्स कम्पनीहरुसँग पनि सम्झौता गरी प्रभावकारी सेवा प्रदान गरिने छ भन्नुभयो ।

कानुनी परामर्शदाता चोकबहादुर मगरले सञ्चालन गर्नु भएको त्यस साधारणसभामा सो संस्थाका जेष्ठ शेयर सदस्यहरु इन्द्रकुमारी गुरुङ , सञ्चरुपा राई , मनमाया राई , हरिमाया श्रेष्ठ र रिञ्जी लामा , उत्कृष्ट बचतकर्ता राधिका बराल , उत्कृष्ट मुद्दती बचतकर्ता  सावित्री शाक्य  , संस्थामा कार्यरत रहेको १० वर्ष अवधि पूरा गरेका कर्मचारिहरु कल्पना राई र रविना खाइदु र उत्कृष्ट कर्मचारी सन्दीप सुनुवारलाई सम्मान गरिएको थियो ।

Leave a Reply