नेचुरल सहकारीको ११औँ वार्षिक साधारणसभा सम्पन्न , मिस्डकल बैंकिङ्ग सेवा शुरु

काठमाडौंको जोरपाटीमा रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं बार्षिक साधारण सभा नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद इश्तियात राईको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष शर्मिला अमात्यको अध्यक्षतमा हिजो सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि मन्त्री इश्तियाक राईले नेचुरल सहकारीले वित्तीय क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै यस संस्थाले नमुना संस्थाको रुपमा स्थापित भएर सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो।
त्यसैगरी राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.वी. उप्रतीले यस सहकारी संस्थामा आबद्ध भएका सदस्यहरुले सबै आर्थिक कारोबार यस नेचुरल सहकारीबाट मात्रै गर्न सदस्यहरुलाई आग्रह गर्दै यसो गरेर अगाडि बढ्न सक्दा संस्था अझ बलियो हुने र सदस्यहरुले पनि चाहे जति सुविधा लिन सक्ने बताउनुभयो ।
सो कार्यक्रममा प्रदेश नं ३ का सभासद बद्रि मैनाली , प्रदेश नं ३ का भूमि व्यवस्था तथा सहकारी निवारण मन्त्रालयका सहकारी महाशाखा प्रमुख नारायणप्रसाद ज्ञवाली , नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल , जिल्ला सहकारी संघ लि. , काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाई, गोकर्णेश्वर न.पा.का मेयर सन्तोष चालिसे लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको त्यस अवसरमा उपस्थिति रहेको थियो ।
त्यस साधारणसभामा संस्थाका सचिव एवं कार्यकारी सञ्चालक विकल्प पाठकले संस्थाको बार्षिक कार्यक्रम , बजेट तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाको लेखा सुपरीवेक्षण समितिको बार्षिक प्रतिवेदन लेखा सुपरीवेक्षण समिति संयोजक अचुतम काफ्लेले पेश गर्नुभयो । कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक शैलेश कोइरालाले गर्नु भएको थियो ।
सो संस्थाले उक्त साधारणसभाकै अवसरमा नेचुरल मिस्डकल बैंकिङ सेवाको समेत शुभारम्म गरेको छ । उसले संस्थाले रु. ७ करोड ७६ लाख ३६ हजारमा दुई सय साठ्ठी रुपैयामा काठमाडौंको बौद्ध टुसालमा जग्गा खरिद गरेको समेत जानकारी गराइयो ।