ललितपुर उद्योग वाणिज्य संघको आयोजनमा walkathon चल्दै

ललितपुर उद्योग वाणिज्य संघको आयोजना र कुमारी बैंक लि. को प्रायोजनमा आज विहानबाट walkathon शुरु भएको छ । आज विहान साँढे ६ बजे नेपाल सरकारका संस्कृति , पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई तथा ललितपुर जिल्लाका जनप्रतिनिधिहरु , कलाकार , पत्रकार तथा विभिन्न पेशा , व्यवसायमा सम्लग्न व्यक्तिहरु को ठूलो संख्या सो पदयात्रामा सहभागी भएको आयोजकको भनाई छ । ललितपुरको मंगलबजारबाट शुरु भएको सो walkathon सानागाउँ , ठेचो , धापाखेल , सुनाकोठी , खोकना हुँदै बुङमतीमा पुरेर समापन हुने बताइएको छ ।
ललितपुरको मंगलबजारमा पुनर्निर्माण भइरहेको श्री भीमसेन मन्दिर पुनर्निर्माणको लागि आर्थिक सहयोग जुटाउने , सन् २०२० को पर्यटन वर्षलाई सहयोग पु-याउने र ललितपुरका नयाँ पर्यटन गन्तव्यको प्रचार प्रसार गर्ने सो walkathon गर्नुको उद्देश्य रहेको आयोजक ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनको भनाई छ ।