प्रवण श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै सेटलमेन्ट साकोस , कुम्भेश्वरको छैटौँ वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

0 Shares

ललितपुर महानगरपालिका – २२ , कुम्भेश्वरमा रहेको सेटलमेन्ट बचत तथा  ऋण सहकारी संस्था लि. को छैटौँ वार्षिक साधारणसभा तथा अधिवेशन  प्रवण श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्दै व ज्वागल बैङ्क्वेट ज्वागल , ललितपुरमा यही असोज ३ गते सम्पन्न भयो । सो संस्थाको उक्त सञ्चालक समितिको उपाध्यक्षमा विकलकुमार श्रेष्ठ , सचिवमा सुमन तण्डुकार , कोषाध्यक्षमा सुरेश महर्जन र सदस्यहरुमा सुजिना बज्राचार्य , सृजना महर्जन र सविना तण्डुकार तथा लेखा सुपरीवेक्षण समितिको संयोजक अनिल महर्जन  एवं सदस्यहरु ललिता श्रेष्ठ र दीनेश तण्डुकार रहनु भएको छ । 

सुकुन्दामा दीप प्रज्वलन गरी सो साधारणसभाको उद्घाटन गर्दै सांसद कृष्णलाल महर्जनले मर्यादित र व्यवस्थित सहकारी निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । सो संस्थाका अध्यक्ष सुमन तण्डुकारको अध्यक्षतामा सम्पन्न  त्यस साधारणसभामा ३ नं प्रदेशसभा सदस्य ज्ञानेन्द्र शाक्यले ३ नं. प्रदेश अन्तर्गतका सहकारी संघ/संस्थाको विकास र प्रवर्द्धन गर्ने गरी ऐन/ नियम बनाउन आफूले पहल  गर्ने बताउनुभयो । त्यसैगरी  ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाईले समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यस सेटलमेन्ट साकोसले सदस्यहरुलाइ वित्तीय सेवा प्रदान र सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै राम्रोसँग सञ्चालन भइरहेको बताउदै राम्रोसँग सञ्चालन भइरहेका ललितपुर जिल्लाका साकोसहरुको विकास र प्रवर्द्धनको लागि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले अभिभावकको भूमिका निर्वाह गरिरहेको बताउनुभयो । त्यस्तै ललितपुर महानगरपालिकाका सहकारी शाखाका अधिकृत चिरञ्जीवी पौडेलले आफू अन्तर्गतका सहकारी संस्थाहरुलाई मर्यादित र व्यवस्थित ढंगबाट सञ्चालन गराउन ललितपुर महानगरपालिका लागिरहेको बताउनुभयो । त्यसैगरी यल अन्तर सहकारी समन्वय समितिका अध्यक्ष तथा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि. , बंगलामुखीका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले एउटा सहकारीलाई समस्या परेमा सबै मिलेर समस्या समाधान गर्न सहयोग गर्ने उद्देश्यले १५ वटा सहकारी संस्थाहरु मिलेर यल अन्तर सहकारी समन्वय समिति बनाएर सञ्चालन गरिरहेको बताउनुभयो । सो साधारणसभामा त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै उक्त संस्थाका अध्यक्ष सुमन तण्डुकारले 

सेटलमेन्ट बचत तथा ऋण सहकारी संस्था लि. सहकारी ऐन/नियमभित्र रहेर व्यवस्थित ढंगबाट सञ्चालन भइरहेकोले सबै सदस्यहरुलाई यसै संस्थामा मात्रै कारोवार गर्न आग्रह गर्नुभयो । सो संस्थाका उपाध्यक्ष विकल श्रेष्ठले स्वागत र सदस्य सुरेश महर्जनले

सञ्चालन गरेको सो सभामा यल अन्तर सहकारी समन्वय समिति अन्तर्गत सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यस अवसरमा सो सभाका अध्यक्ष सुमन तण्डुकारले प्रमुख अतिथि महर्जनलिई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

Leave a Reply