भद्रावती साकोस , कोटेश्वर – सहयोगीनगरको १०औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कूल कारोवार रु. १५, ८६, ७७,९१०/३७

0 Shares

काठमाडौं महानगरपालिका -३२ , कोटेश्वर सहयोगीनगरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि. को १०औँ वार्षिक साधारणसभा नेफ्स्कूनका सञ्चालक तथा कास्कूनका अध्यक्ष दीपक पनेरुको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष जयबहादुर खड्काको अध्यक्षतामा २०७६ असोज ३ गते द ग्रीन पार्टी भेन्यू , तीनकुने , काठमाडौंमा सम्पन्न भयो । सो साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पनेरुले

ऐन / नियमभित्र रहेर मर्यादित र व्यवस्थित ढंगबाट सञ्चालन भएको सहकारी संस्था सदस्यको रोजाईमा पर्नु पर्ने बताउदै भद्रावती साकोस राम्रोसँग सञ्चालन भइरहेको तथ्यांकबाट देखिएकोले सदस्यहरुले यस संस्थामा ढुक्क भएर कारोवार गर्न आग्रह गर्नुभयो । त्यस साधारणसभामा सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै उक्त संस्थाका अध्यक्ष जयबहादुर खड्काले 

बचत तथा ऋण सहकारी संस्थाले पैसाको मात्र कारोवार गर्ने नभई उद्यमशील संस्कृतिको विकास , सामाजिक चेतना र नागरिक शिक्षामा विस्तार , जोखिमयुक्त खानपान , व्यवहार र शैली विरुद्ध चेतना विस्तार , स्वास्थ्य वीमा , सरसफाई तथा फोहोर मैला व्यवस्थापन सम्बन्धी चेतना विस्तार , सहकारी खेती , सीपयुक्त व्यक्तिका लागि सहुलियत ऋण , वातावरण संरक्षण आदिमा जोड दिई ‘दीगो विकास लक्ष्य प्राप्तिको लागि सन् २०३० सम्ममा अल्पविकसित अवस्थामा रहेको राष्ट्रलाई विकसित राष्ट्रमा परिणत गरी राष्ट्रिय आयमा बृद्धि गरी प्रति व्यक्ति आम्दानी २,५०० डलर बनाउने परिकल्पना तथा ‘समृद्ध नेपाल , सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षालाई पूरा गर्न हाम्रो सहकारी र सहकारीका सदस्यहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले २०६६ फाल्गुण ५ डिभिजन सहकारी कार्यालय , काठमाडौंबाट प्रमाण-पत्र लिई २५ जना शेयर सदस्यहरुको सानो पूँजीबाट स्थापना भएको यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.१,८९,६७,९०० , निक्षेप संकलन रु.१०,०६,१९,१७८ , कर्जा लगानी रु.१०,२०,०२,९२८ र कूल कारोवार रु.१५,८६,७७,९१०/३७ रहेको बताउनुभयो । सो संस्थाका सचिव तथा प्रवन्ध सञ्चालक पदमबहादुर श्रेष्ठले सञ्चालन र सो संस्थाका  शिक्षा उप-समिति संयोजक विवेककुमार खड्काले स्वागत  गर्नु भएको सो साधारणसभामा , सभ्य समाज बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष कृष्णबहादुर विष्ट , महिला प्रयास बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष विनिता अधिकारी लगायतको पनि उपस्थिति रहेको थियो । त्यस अवसरमा सो संस्थाका उत्कृष्ट सदस्यहरु सुन्दर थापा , सिर्जना शर्मा , जीतेन ठाकुर , सानु कार्की , डालबहादुर अधिकारी , प्रेमप्रसाद सापकोटा र उत्कृष्ट वाल सदस्य सलिना खडाकालाई सम्मान गरियो भने शेयर सदस्यका छोराछोरीहरुमध्ये २०७५ सालको एस.ई.ई मा उत्कृष्ट जी.पी.ए. का साथ उत्तीर्ण हुने अमित खड्का , रोजिना बस्नेत , प्रज्वल बस्नेत , सुदिन खड्का र सविन अधिकारीलाई नगद पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिएको थियो ।

Leave a Reply