मितेरी साकोस , महालक्ष्मीस्थानको २०औँ वार्षिक साधारणसभा सम्पन्न , डाक्टर र ईञ्जिनियर सम्मानित , संस्थाको खुद मुनाफा रु.९०,२२,९००

0 Shares

राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका सञ्चालक सदस्य तथा जिल्ला सहकारी संघ लि. , ललितपुरका अध्यक्ष माधव दुलालले वर्ग ,जाति , वर्ण जस्ता विभेद नभएको समाजको त्यस्तो एउटा मात्रै क्षेत्रको रुपमा रहेको सहकारीको विकास र प्रवर्द्धनमा सबै पक्षको सहयोग आवश्यक छ भन्नुभयो । ललितपुरको महालक्ष्मीस्थानामा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्था लि. को २०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्ने क्रममा सो कुरा बताउदै उहाँले सहकारीको सिद्धान्त , मूल्य र मान्यता अनुसार सञ्चालन भइरहेकोले यसका सबै तथ्यांकबाट देखिएकोले सदस्यहरुले ढुक्क भएर यस संस्थामा कारोवार गर्न आग्रह गर्नुभयो ।

२०७६ आसोज ४ गते क्रिष्टल व्याङ्क्वेट मानभवनमा , ललितपुरमा सो संस्थाका अध्यक्ष कुम्भराज (के.बी..) गुरुङको अध्यक्षतामा सम्पन्न

उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक सदस्य तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी लि. का अध्यक्ष रामहरि बजगाईले ललितपुर जिल्लामा सञ्चालनमा रहेका साकोसहरुलाई व्यवस्थित र मर्यादित ढंगबाट सञ्चालन गर्न ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले अभिमुखीकरण तालिम लगायतमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

उक्त साधारणसभामा सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही साधारणसभाका अध्यक्ष गुरुङले ललितपुर जिल्लाको सहकारी अभियान महत्वपूर्ण योगदान गरिरहेको मितेरी बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै अगाडि बढिरहेको बताउनुभयो । उहाँले रेमिट्यान्स सेवा पनि प्रदान गरिरहेको यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.१,९२,८५,६०० , निक्षेप संकलन रु.१९,७७,७२,९०० , ऋण तथा सापटीतर्फ रु.२४,३६,१६,६०० र खुद नाफा रु.९०,२२,८०० रहेको बताउनुभयो । त्यस अवसरमा संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये डा. ऋशा घिसिङ र ईञ्जिनियर निशा घिसिङलाई 

सम्मान गरियो भने नयाँ ११ जनालाई शेयर सदस्यता वितरण गरिएको थियो ।

त्यस अवसरमा विभिन्न व्यक्तित्वहरुले सो संस्थाको प्रगतिको कामना गर्नुभयो ।

Leave a Reply