त्रि.वि. ले सञ्चालन गरेको स्नातकोत्तर तहको भौतिक शास्त्र विषयको हिजोको परीक्षा रोक्न गएका मिश्र पक्राउ

हिजो भएको त्रिभुवन विश्वविद्यालयको भौतिक शास्त्र विषयको विवादस्पद परीक्षा रोक्न माग गरेपनि त्यसको सुनुवाई नभएपछि विरोधमा उत्रिएका अखिल नेपाल विद्यार्थी यूनियनका विद्यार्थीहरु माथि प्रहरीले धरपकड गरेको छ । त्यस क्रममा अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रवीण मिश्रलाई प्रहरीले गिरफ्तार गरी सो परीक्षा सञ्चालन गरेको त्रि.वि. श्रोतले जनाएको छ । यता अखिल नेपाल विद्यार्थी यूनियनले सो घटनाको कडा विरोध गरेको छ ।
२०७५ पौष २९ गतेको एमएस्सी प्रथम सेमेष्टरको क्वान्टम मेकानिक्स विषयको परीक्षामा भएको प्रश्नपत्र विवाद निराकरण नभइकन हिजोको लागि उक्त विषयको परीक्षाको मिति तय गरेको भन्दै उक्त परीक्षा स्थगित गर्न माग गरे पनि त्रि. वि. प्रशासनले नसुनेपछि त्रि.वि. को उपकुलपति कार्यालय लगायतमा तालाबन्दी गरिएको अखिल नेपाल विद्यार्थी यूनियनले जनाएको छ ।
मर्यादा विपरीत सञ्चालन भएको सो परीक्षा र परीक्षाफल प्रकाशनलाई रद्ध गरी पुनः परीक्षा सञ्चालन गरिनु पर्ने विद्यार्थीहरुको माग रहेको छ विषेश छानबिन समितिले कुल ४५ पूर्णाङ्कको प्रश्नपत्रमा ३५ पूर्णाङ्कको प्रश्न पाठ्यक्रम बाहिरबाट आएको तथ्यसहितको प्रतिवेदन तयार पारेको थियो ।
अखिल नेपाल विद्यार्थी युनियनले गण्डकी मेडिकल कलेज , पोखरा र चितवन मेडिकल कलेज भरतपुर लगायतका मेडिकल कलेजहरुले अनुचित ढंगबाट विद्यार्थीहरुबाट लिएको शुल्क फिर्ता गराउन र कलेजहरुमा शैक्षिक मर्यादा कायम गराउन माग गर्दै आएको छ ।