संयुक्त विद्यार्थी संगठनको आयोजनामा आज ‘नेपालको चिकित्सा शिक्षाको समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

0 Shares

नेपालको चिकित्सा शिक्षाको बेथिति विरुद्ध गण्डकी मेडिकल कलेज , पोखराका विद्यार्थीहरुबाट शुरु भएको विरोध यतिवेला चितवन मेडिकल कलेज , भरतपुर , नेशनल मेडिकल कलेज , विरगञ्ज आदिमा विद्यार्थीहरुको विरोध जारी छ । यसै विषयलाई मध्यनजर गर्दै संयुक्त विद्यार्थी संगठनहरुको आयोजनामा आज काठमाडौंको बागबजारस्थित पल्मकन्या क्याम्पसमा ‘नेपालको मेडिकल शिक्षाका समस्या र समाधानका उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल विद्यार्थी संगठनका नि:बर्तमान उपाध्यक्ष ऋषिकेशजङ्ग शाहको अध्यक्षतामा

भएको सो अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि सांसद मना जी.सी.ले नेपालको मेडिकल शिक्षामा देखिएका समस्या समाधानका लागि बर्तमान सरकार लागिरहेको बताउदै विदेशीले चलाएका मणिपाल मेडिकल कलेजमा कुनै आन्दोलन हुन नपर्ने तर स्वदेशीले चलाएका मेडिकल कलेजमा आन्दोलन किन भइरहेको छ ? यसबारेमा आफूले बुझ्न नसकेको बताउनुभयो । आफू मेडिकल शिक्षाको समस्या समाधानका लागि इमान्दारीपूर्वक लागिरहेको उहाँको भनाई थियो । त्यस अवसरमा बोल्दै नेपाल मेडिकल काउञ्सिलका केन्द्रीय सदस्य डा. कालुसिंह खत्रीले

निजी मेडिकल कलेजहरुले स्थापना गर्दाताका गरेको ठूलो खर्च बाहेक खासै खर्च गर्नु नपर्ने भएकोले तिनीहरुले नाफा आर्जन गरी प्रसस्तै कमाएकाले सरकारले तिनीहरुको ऋण र चुक्ता पूँजी भुक्तानी गरी तिनीहरुको राष्ट्रियकरण गर्नु पर्दछ र तिनको राष्ट्रीयकरण गर्दा ६ अरव रुपैयाभन्न्दा बढी भुक्तानी गर्नु पर्दैन भन्नुभयो । सो अवसरमा उपभोक्ता संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईले देशबाट भ्रष्टाचार घटाउन शिक्षा र स्वास्थ राष्ट्रियकरण गर्नु पर्ने खाँचो औल्याउनुभयो । अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझीले सञ्चालन शुरु गर्नु भएको उक्त कार्यक्रममा मेडिकल शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द तथा सदस्य मान्यता थापा लगायतले मेडिकल शिक्षाका समस्याबारे प्रकाश पार्दै मेडिकल कलेजहरुले लिएको बढी शुल्क अविलम्व फिर्ता हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष शाहले मेडिकल शिक्षाको बेथिति विरुद्धको संघर्षको अपनत्व संयुक्त विद्यार्थी संगठनले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले देशको गृहमन्त्री , शिक्षामन्त्रीसँग गरिएका सहमती कार्यान्वयन हुन नसक्नुले सरकार फेलियर भएको बताउनुभयो । त्यस अवसरमा संयुक्त विद्यार्थी संगठनको तर्फबाट आधारपत्र प्रस्तुत गर्दै अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रवीण मिश्रले
मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट लिएको बढी शुल्क व्याज सहित अविलम्व फिर्ता गर्नु पर्छ भनुभयो । उहाँले शैक्षिक माफियासँगको मिलेमतोमा विश्वविद्यालयका कुलपति , सह-कुलपति र उप-कुलपतिले विद्यार्थीमारा निर्णय गरेको सूचना प्राप्त भएको भन्दै त्यो अविलम्व खारेज हुनुपर्दछ भन्नुभयो ।

Leave a Reply